कलाकार पवन खतिवडाले बिहे गरेपछि फेसबुकमा खुइलीको खोजी !

२०७८ कार्तिक १, सोमबार २०:२० गते २०७८ कार्तिक १, सोमबार २०:२० गते २०७८ कार्तिक १, सोमबार २०:२० गते

सामाजिक सञ्जालमा म्याकुरी भन्ने थेगोका कारण चर्चित कलाकार पवन खतिवडाले बिहे गरेपछि फेसबुकमा खुइलीको खोजी भएको छ । म्याकुरी र खुइलीको जोडी सामाजिक सञ्जालमा चर्चित छ । उनीहरु अन स्क्रिन प्रेमी प्रेमिका हुन् । पवनको बिहे भएपछि उनका प्रशंसकहरुले अब खुइलीको अवस्था के होला भनी प्रश्न गरेका छन् ।

नविना सिलवाल नै खुइली पात्र भएर पर्दामा देखिने गरेकी छिन् । तर उनीहरुको प्रेम भने अन स्क्रिन मात्र हो, वास्तविक जीवनमा यसको कुनै वास्तविकता नरहेको बताएका छन् । पवनले अन्तरजातिय र अन्तरदेशिय विवाह गरेका हुन् । बुधबार उनले भारतस्थित सिक्किमकी सुम्निमा खालिङ राईसँग अन्तरजातीय विवाह गरेका हुन् ।

“उनी सिक्किमकी छोरी म नेपालको, म बाहुनको छोरी उनी राईको (अन्तरजातिय र अन्तरदेशिय) हाम्रो लागि माया प्रेम नै सर्वैसर्व भयो ।” उनले फेसबुकमा लेखेका छन् । बुधबार आफ्नो फेसबुकमार्फत बिवाह बन्धनमा बा धि एको उनले जानकारी गराएका हुन् । खतिवडाले आफूहरूको केहि वर्ष अगाडि चिनचान भएको र त्यसपछि प्रेम भएको पनि बताएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *