अविरल वर्षाको कारण पहिरो जाँदा २ जनाको मृत्यु, सडक अवरोध तथा घर डुबानमा

२०७८ कार्तिक २, मंगलवार १२:१३ गते २०७८ कार्तिक २, मंगलवार १२:१३ गते २०७८ कार्तिक २, मंगलवार १२:१३ गते

काठमाडौं, २ कात्तिक
डडेलधुरा – गन्यापधुरा गाउँपालिका-१ भात्काडा बस्ने ३२ वर्षीय बिष्णु अवस्थीको सन्ध्या फेन्सी स्टोर पसलमा सोमबार राति पहिरो जाँदा पहिरोमा च्यापिएर बिष्णुको मृत्यु
भएको छ । पहिरो जाँदा पसलभित्र बिष्णु च्यापिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेलधुरा र प्रहरी चौकी भात्काडाबाट खटिएको प्रहरीले घाइतेको उद्दार गरी
उपचारका लागि डडेल्धुरा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । साथै पसल पूर्णरुपमा क्षति भएको छ ।

कालिकोट – महाबै गाउँपालिका-७ राम्नी बस्ने बिष्णुलाल अधिकारीको घर अविरल वर्षाको कारण मंगलबार बिहान भत्किँदा उनकै छोरी १८ वर्षीया स्मृती अधिकारीको घरभित्र
पुरिएर मृत्यु भएको छ । साथै उनकै १५ वर्षीया छोरी पहिरोमा पुरिएर सामान्य घाइते भएकी छिन् ।

बझाङ – बित्थडचिर गाउँपालिका-२ पैरास्थित जयपृथ्वी राजमार्गमा सोमबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी
चौकी बित्थडचिरबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ ।

कञ्चनपुर – भिमदत्त नगरपालिका-१२ ओदाली र दोधारा चादनी नगरपालिका-१० कुतीया कभर, शान्तीटोल, बैदीफाटा र निशानीटोलमा अविरल बर्षा कारणले माहाकाली
नदीमा पानीको सतह वढ्दा करिब २ सय घर डुबानमा परेका छन् । डुबान परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गड्डा चौकी र ईलाका प्रहरी कार्यालय दोधाराबाट
खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ । घटनास्थलमा तत्काल नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *