बुद्ध एयरले घटायो भाडादर, कुन गन्तव्यको कति?

२०७८ कार्तिक २, मंगलवार १४:१० गते २०७८ कार्तिक २, मंगलवार १४:१० गते २०७८ कार्तिक २, मंगलवार १४:१० गते

काठमाण्डौ : बुद्ध एयरले विदेशी पर्यटकका लागि ‘डलर भाडादर’ घटाएको छ। २४ औं वार्षिकोत्सवको अवसरमा करिब आधाप्रतिशत भाडा घटाएको कम्पनीले बताएको छ। नयाँ भाडादर सन् २०२२ जनवरी देखि लागू हुनेछ।

नेपालमा हवाई यात्रा गर्दा भारतीय बाहेक विदेशी यात्रुले डलरमा भाडा तिर्नुपर्ने प्रावधान छ। यस अघि पोखराका लागि १०६ अमेरिकी डलर भाडा रहेकोमा २०२२ जनवरीदखि ६५ अमेरिकी डलरमा झारिएको एयरले जानकारी दिएको छ।

महामारीपछि सुस्ताएको पर्यटनलाई सस्तिएको हवाईभाडाले थप आकर्षित हुने बुद्ध एयरका सेल्स एण्ड मार्केटिङ निर्देशक रुपेश जोशी बताउँछन्। पछिल्लो समयमा अनलाईनमार्फत डलर फेयर पनि बुकिङ भइरहेको जोशीले जानकारी दिए।

यस्तो छ घटाइएको एकतर्फी डलर भाडादरः
काठमाडौं -पोखरा $६५
काठमाडौं -विराटनगर $७६
काठमाडौं -जनकपुर $४२
काठमाडौं -सिमरा $३०
काठमाडौं -भैरहवा $६५
काठमाडौं -धनगढी $१३८
काठमाडौं – नेपालगञ्ज $१०२
काठमाडौं-भद्रपुर $९४

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *