क्रिस्टियानो रोनाल्डोले विश्वकै महँगो कार किने

२०७८ कार्तिक ३, बुधबार ०८:११ गते २०७८ कार्तिक ३, बुधबार ०८:११ गते २०७८ कार्तिक ३, बुधबार ०८:११ गते

काठमाडौं । म्यानचेस्टर युनाईटेडका फरवार्ड एवम फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले विश्वकै महँगो कार किनेका छन् । उनले विश्वकै महंगो मानिने बुगाटी कार किनेका छन् । रोनाल्डोले बुगाटी कम्पनीको ‘बुगाटी सेन्टोडीएची’ सुपर कार किनेको अन्तराष्ट्रिय मिडियाले जनाएका छन्।

रोनाल्डोले किनेका उक्त कारको मूल्य १० मिलियन युरो रहेको छ । रोनाल्डोले किनेको बुगाटी सेन्टोडीएची कार स्पेसल एडिसन हो। रोनाल्डो निकै महँगा र नाम चलेका कम्पनीका कार चढ्ने गरेका छन् । रोनाल्डोले यस अघि बुगाटीकै ‘ला भोइटुर नोइर’ सुपर कार किनेका थिए । एक कदम अगाडी बढेर उनले दोस्रो पटक पनि विश्वकै महंगो कार किनेका हुन् । इटालियन क्लब जुभेन्टसका स्टार स्ट्राइकर रोनाल्डोले इन्स्टाग्राममा आफ्नो नयाँ कारको तस्बिर राख्दै ‘तपाईं दृश्य छनोट गर्नुहोस्’ भनी लेखेका छन् ।

समाचार अनुसार रोनाल्डोले उनले लगातार दोस्रो पटक पनि किनेको कार विश्वकै सबैभन्दा महंगो कार हो । यस अघि किनेको उनको महंगो कारको मुल्य पनि ७५ करोड रुपैंयाँ थियो । जुन सीमित संख्यामा उपलब्ध थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *