पहिरो तथा बाढीमा परेर ४ जनाको मृत्यु

२०७८ कार्तिक ३, बुधबार ११:१७ गते २०७८ कार्तिक ३, बुधबार ११:१७ गते २०७८ कार्तिक ३, बुधबार ११:१७ गते

काठमाडौं, २ कात्तिक
डोटी – सायल गाउँपालिका-६ मेल्लेख बस्ने वीर बहादुर कुन्जेडाको घर सोमबार राति भत्किँदा पुरिएर उनकै छोराद्वय १४ वर्षीय सागर कुन्जेडा र ११ वर्षीय आशिस कुन्जेडाको मृत्यु भएको छ । घर भत्किँदा वीर बहादुर, उनकै श्रीमती बासुदेवी कुन्जेडा र छोरी ७ वर्षीया बिन्दा कुन्जेडा घाइते भएका छन् ।

सुनसरी – धरान उपमहानगरपालिका-१३ नागेश्वर मार्ग बस्ने बिशाल राईको कच्ची घरमा मंगलबार दिउँसो पहिरो गई पुरिँदा उनकै छोरी ८ वर्षीया निसु राई र छोरा ४ वर्षीय निहान
राईको मृत्यु भएको छ । उनीहरु पहिरोमा पुरिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा दुवै जनाको शव फेला पारेको हो ।

डडेल्धुरा – अमरगढी नगरपालिका-१ तडीपाटा बस्ने भिम रावलको कच्ची घरमा सोमबार राति पहिरो जाँदा घर पूर्णरुपमा क्षति भएको छ । पहिरोमा परेर भिमकै बुहारी समेत २ जना
घाइते भएका छन् । साथै घरसँगै रहेको गोठमा भैसी, गाई, गोरु, बाख्रा, कुखुरा, खाद्यान्न लगायतका सामान पुरिएर क्षति भएको छ । यसैगरी डडेल्धुरा, पर्शुराम नगरपालिका-६ तातापानीस्थित महाकाली नदीको बहाव
बढेर २ सय ५० रोपनी जमिन कटान गर्दा २८ घरका १ सय ८० जना घरपरिवार जोखिममा परेका छन् ।

घटनास्थलमा तत्काल नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अन्य सुरक्षा निकायसँगको समन्वयमा आवश्यक उद्दार कार्य गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *