काठमाडौं, ३ कात्तिक – अविरल वर्षाको कारण आएको पहिरोमा परी डोटीमा ६ जना, धनकुटामा ६ जना र ईलाममा २ जना गरी १४ जनाको मृत्यु भएको छ ।

डोटी – जोरायल गाउँपालिका-३ नवलपुर बस्ने ६२ वर्षीय जोगी सार्कीको घरमा अविरल वर्षाको कारण मंगलबार दिउँसो पहिरो जाँदा जोगी सार्की र उनकी श्रीमती ५० वर्षीया झुपरी
सार्कीको घटनास्थलमै मृत्यु भएको छ । यसैगरी सोही गाउँपालिका-४ सईगडा बस्ने ४२ वर्षीय शेर बहादुर बिकको घर पहिरोले पुरिंदा शेर बहादुर, उनको छोरा १८ वर्षीय मोहन बिक,
छोरी १३ वर्षीय पबित्रा बिक र सोही ठाउँ घर भई मामा घर आएका १६ वर्षीय रबिन बिकको घटनास्थलमै मृत्यु भएको छ । साथै पहिरोमा परी शेर बहादुरकी श्रीमती ३८ वर्षीया देबी
बिक, छोराहरु १५ वर्षीय पुष्कर बिक र ४ वर्षीय लक्ष्मण बिक घाइते भएका छन् । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय जोरायलबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य
गरिरहेको छ ।

धनकुटा – चौबिसे गाउँपालिका-१ गडेरे बस्ने भिम बहादुर श्रेष्ठको घर मंगलबार राति पहिरोले पुरिंदा श्रेष्ठ सहित ६ जनाको मंगलबार राति मृत्यु भएको छ । उक्त स्थानमा पहिरो
गएको भन्ने खबर प्राप्त हुनासाथ नेपाली सेना, ईलाका प्रहरी कार्यालय राजारानी, स्थानीयवासीको सहयोगमा घरभित्र रहेका १२ जनामध्ये ६ जनालाई उद्दार गरी स्थानीय
स्वास्थ्य चौकी बुधबारेका स्वास्थ्यकर्मीबाट प्राथमिक उपचार भईरहेको छ ।

ईलाम – फाकफोकथुम गाउँपालिका-१ ठेङगेपुर बस्ने नग बहादुर शेर्माको घर मंगलबार राति पहिरोले पुरिदा घरभित्र रहेका ४ जनामध्ये २ जनाको मृत्यु भएको छ । पहिरो गएको
खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा २ जनाको उद्दार गरेको छ । उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
यसैगरी फाकफोकथुम गाउँपालिका-३ स्थित मेलकोटेमा नेत्रबहादुर मोटेको घर मंगलबार राति पहिरोले पुरिंदा घरभित्र रहेका ४ जनामध्ये ३ जनाको स-कुसल उद्दार गरिएको छ । साथै
पहिरोमा बेपत्ता भएकी नेत्रबहादुरकी श्रीमती ४९ वर्षीया नारायणी देवी मोटेको प्रहरीले खोजी गरिरहेको छ । यसैगरी फाकफोकथुम गाउँपालिका-३ स्थित सल्लेरी बस्ने नैन शिंह
कट्वालको घर मंगलबार राति पहिरोले पुरिंदा घरभित्र सुति रहेका ४ जना बेपत्ता भएका छन् । बेपत्ताहरुको प्रहरीले स्थानीयबासीको सहयोगमा खोजी गरिरहेको छ ।
उक्त स्थानहरूमा स्थानीय सुरक्षा निकाय र स्थानीयबासीको समन्वयमा उद्दार कार्य भइरहेको छ ।

कैलाली – टिकापुर नगरपालिका-५ साईपुरस्थित कर्णाली नदीबाट र टिकापुर नगरपालिका-८ कालाकुण्डा एरीया हुँदै बग्ने मोहना नदीबाट बुधबार बिहान आएको बाढीका
कारण कालाकुण्डाको चौगुर्दी र अर्नाफाँटा गाउँका ८० घर डुबानमा परेका छन् । उक्त स्थानमा तत्काल प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले ४० जनालाई सोही ठाउँस्थित कालीका
माबिमा स्थानान्तरण गरेको छ भने अन्य मानिसहरुलाई आफन्तको घरमा सुरक्षति राखिएको छ । यसैगरी कैलाली, कैलारी गाउँपालिका-३ स्थित खल्ला कटानमा बसोबास गर्दै आएका करिब २५ घर परिवारको बस्तीमा मंगलबार साँझ मोहना नदीको बाढी आई जमीन कटान गरेको छ । ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका-१ बन्शाह र सोही नगरपालिका-१२ कालागौडी बस्ने कैलाश भट्ट लगायत २४ जनाको खेतबारीमा काटेर राखेको धानबाली भगवती सामुदायिक
वनबाट निस्किने नालाको पानीले मंगलबार बिहान बगाउँदा करिब ५ लाख २२ हजार रूपैयाँ बराबरको धानबाली नष्ट भएको छ ।

झापा – गौरीगंज गाउँपालिका-१ जोडा होकलबाडी बस्तिमा मंगलबार दिउँसो माइखोलाबाट आएको बाढीले करिब ४० घर डुवानमा परेका छन् । उक्त स्थानमा तत्काल
प्रहरी चौकी कुञ्जिबारीबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ । यसैगरी झापा, गौरीगंज गाउँपालिका-२ भाकुरमारीमा माईखोलाको पानीको बहावले कटान गरी बाढी
बुधबार बिहान पस्दा भाकुरमारी बस्ने गौरी संग ताजपुरिया लगायत २७ जनाको घर डुबानमा परेको छ । उक्त स्थानमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य
गरिरहेको छ ।

धनकुटा – सागुरीगढी गाउँपालिका-७ घण्टे फेदीस्थित कोशी लोक राजमार्गमा अविरल वर्षाको कारण मंगलबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ । प्रहरी चौकी मुलघाटबाट
खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

कालिकोट – तिलागुफा नगरपालिका-४ राचुलीस्थित कर्णाली राजमार्गमा मंगलबार दिउँसो पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ । यसैगरी कालिकोट, खाँडाचक्र
नगरपालिका-७ सिमखेतस्थित कर्णाली राजमार्गमा मंगलबार पहिरो जाँदा सडक अवरोध भएको छ । उक्त स्थानमा तत्काल खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल
गरिरहेको छ ।

संखुवासभा – चैनपुर नगरपालिका-११ स्थित सभाखोला-लेगुवा सडकमा सानो अक्करको भिरबाट मंगलबार दिउँसो पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । अस्थाई प्रहरी
पोष्ट सभाखोला समेतबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । साथै उक्त स्थानमा को.१ क ३५३५ नम्बरको जेसिवीले पहिरो पन्छाउने क्रममा माथिबाट
ढुंगा झरी लाग्दा चालक बस्ने बायाँ साईडको सिसा फुटेको र जेसिवी चालक समेत समान्य घाइते भएका छन् । यसैगरी संखुवासभा, धर्मदेबी नगरपालिका-३ गिदेनि खोलास्थित कोशी
राजमार्गमा अविरल वर्षाको कारण मंगलबार साँझ पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी टुटेदेउरालीबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक
पहल गरिरहेको छ ।

अर्घाखाँची – अविरल वर्षाको कारण बाँगीखोलामा बाढी आई पानीको भल बजार एरिया चुत्राबेशी, भक्तिटोला आसपास खोला किनारको घरहरूमा बुधबार बिहान पसेको छ । नेपाली
सेना, जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र सशस्त्र प्रहरी बलसमेतबाट तत्काल खटिएको सुरक्षाकर्मीले आवश्यक उद्दार कार्य गरिरहेको छ । क्षतिको बिवरण हाल खुलेको छैन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *