आफ्नै श्रीमतीको ह*त्या गरेको अभियोगमा पक्राउ

२०७८ कार्तिक ३, बुधबार १६:१३ गते २०७८ कार्तिक ३, बुधबार १६:१३ गते २०७८ कार्तिक ३, बुधबार १६:१३ गते

सल्यान, ३ कात्तिक – आफ्नै श्रीमती ४२ वर्षीया कली खड्काको ह*त्या गरेको अभियोगमा कुमाख गाउँपालिका-५ तिमिले बस्ने ४७ वर्षीय कबिराम खड्कालाई मंगलबार राति प्रहरीले पक्राउ
गरेको छ ।

घरायसी विवादको कारण मादक पदार्थ सेवन गरी कबिरामले आफ्नै श्रीमतीलाई धारिलो हति*यार (बसुलो) प्रहार गर्दा उनको घटनास्थलमै मृ*त्यु भएको भन्ने खबर प्राप्त हुनासाथ
जिल्ला प्रहरी कार्यालय सल्यान र ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गोरु का*टेको अभियोगमा १३ जना पक्राउ
रोल्पा, ३ कात्तिक – रुन्टिगढी गाउँपालिका-१ लापाल भन्ने स्थानबाट सोही गाउँपालिका राम्लि बस्ने २० वर्षीय आकाश घर्तिमगर लगायत १३ जनालाई गोरु का*टेको अभियोगमा मंगलबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा गोरु का*टिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनीहरुलाई करिब ८० केजी गोरुको मासु भागबण्डा गरिरहेको
अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *