सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

२०७८ कार्तिक ३, बुधबार १६:२४ गते २०७८ कार्तिक ३, बुधबार १६:२४ गते २०७८ कार्तिक ३, बुधबार १६:२४ गते

काठमाडौं, ३ कात्तिक
सुनसरी – ईनरुवा नगरपालिका-४ पानिट्याङ्कीस्थित सडकमा प्रदेश २-०३-००१ ख ३३९४ नम्बरको बसले को.२ ह ४६८४ नम्बरको सिटिलाई मंगलबार दिउँसो ठक्कर दिँदा
सिटिका चालक हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु
भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन – राप्ती नगरपालिका-५ स्थित सडकमा ना.६ ख ८८६ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु
भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा – मिथिला नगरपालिका-५ औरही पुलस्थित सडकमा बा.१९ च ७००८ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको
मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गाडी चालकलाई
प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *