काठमाडौं, २ कात्तिक – चन्द्रागिरी नगरपालिका-११ बिष्णुदेवी हाउजिङस्थित सुष्मिता कोल्डस्टोरमा तास खेलिरहेको अवस्थामा कोल्डस्टोरका सञ्चालक सोही ठाउँ बस्ने स्याङ्जा बिरुवा गाउँपालिका-६
घर भएकी ४२ वर्षीया आरती लम्साल लगायत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त कोल्डस्टोरभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५ हजार २ सय ४० रुपैयाँ र ४
बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0