विराटनगर विमानस्थल भोलि बेलुका ५ बजेसम्मका लागि बन्द गरियो ।

२०७८ कार्तिक ३, बुधबार १७:४१ गते २०७८ कार्तिक ३, बुधबार १७:४१ गते २०७८ कार्तिक ३, बुधबार १७:४१ गते

३ कात्तिक, काठमाडौं । बाढी पसेर प्रभावित बनेको विराटनगर विमानस्थल बिहीबार साँझ ५ बजेसम्म बन्द हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा प्रदायकहरुलाई विमानस्थल बन्द रहने समय जानकारी गराएको हो । सोही अनुसार वायुसेवा कम्पनीले बिहीबारका लागि निर्धारित उडानहरु समेत रद्द गरेका छन् । यसअघि बुधबारका लागि निर्धारित उडानहरुसमेत रद्द गरिएका छन् । यो विमानस्थल नेपालको सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक मानिन्छ ।

यता, विमानस्थलमा बाढी पस्दा सोही विमानस्थलमा रोकिएका दुई जहाज समेत विराटनगरमै अड्किएका छन् । बुद्ध एयरको एक जहाज र श्री एयरलाइन्सको एक जहाज विराटनगरमा रोकिएका छन् । ती जहाज समेत अब बिहीबार साँझ ५ बजेसम्म रोकिने भएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *