बाढी पहिरोबाट मृ*त्यु भएको परिवारलाई सरकारले २ लाख राहत दिने

२०७८ कार्तिक ३, बुधबार १८:०१ गते २०७८ कार्तिक ३, बुधबार १८:०१ गते २०७८ कार्तिक ३, बुधबार १८:०१ गते

काठमाडौं – ३ कात्तिक, । सरकारले बाढी पहिरोबाट मृ*त्यु हुनेको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले मृ*त्यु भएकाको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र अन्य राहत प्याकेजको घोषणा क्षतिको विवरण आएपछि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

पछिल्लो ४ दिनयताको वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशभर ५० जना भन्दा धेरैको मृ*त्यु भएको छ ।

एकै परिवारमा एक जना भन्दा बढीको मृ*त्यु भएमा प्रतिव्यक्ति थप १ लाख रुपैयाँ राहत दिने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।

त्यस्तै घर, बसोबास नष्ट भई खाद्यान्नसमेत नभएका परिवारलाई ५ जनासम्म भए प्रति परिवार १५ हजार रुपैयाँ र ५ जना भन्दा बढीको परिवार भए प्रति परिवार २० हजार रुपैयाँ नगद सहायता दिने निर्णय पनि गरेको छ ।

मन्त्री कार्कीले बाढी पहिरोमा परी घाइते हुनेहरुको सम्पूर्ण व्यवस्था सरकारले गर्ने निर्णय गरेको पनि जानकारी दिए । बाढी, पहिरो र डुवानको क्षतिको आँकलन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्ने, अत्यावश्यक भौतिक संरचनाको मर्मत सम्भार गरी तत्काल सञ्चालनमा ल्याउने व्यवस्था मिलाउने निर्णय पनि सरकारले गरेको छ ।

बासस्थान भत्किएकालाई प्रतिघर ५० हजार

सरकारले गत तीन दिनयता अविरल वर्षाका कारण वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

बुधबार नै सिंहदरबारमा बसेको विपद् व्यवस्थापन परिषदको बैठकमा वासस्थान भत्किएर बिचल्ली भएकाहरुलाई प्रतिघर ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । बैठकपछि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले बुधबार मध्यन्हसम्म ५२ जनाको बाढी तथा पहिरोमा परेर मृत्यु भएको बताउँदै तत्काल राहतका लागि सरकार लागि पर्ने बताए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गएको तीन दिनमा नेपालले भोग्नुपरेको घटना दुखद् भएको बताउँदै सबै सरोकारवाला निकायहरुलाई तत्काल राहत र उद्धारमा खटिन निर्देशन दिएका थिए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार प्रधानमन्त्री देउवाले बाढी, पहिरोले क्षति पु¥याएको स्थानमा आफैँ जाने पनि बताएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *