नवलपरासी(पश्चिम), ३ कात्तिक
बर्दघाट नगरपालिका-४ दाउन्ने जंगल बाँसखोलास्थित सडकमा लु.१ ख ७९८५ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएर बुधबार बिहान दुर्घटना हुँदा बसमा सवार १५
जना घाइते भएका छन् ।
नारायणघाटबाट बुटवल तर्फ जाँदै गरेको उक्त बस दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले घाइतेहरुलाई उपचारका लागि
स्थानीय अस्पताल बर्दघाट पठाएको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको सामान्य रहेको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0