स्रोत नखुलेको नगद सहित पक्राउ

२०७८ कार्तिक ४, बिहीबार ११:४० गते २०७८ कार्तिक ४, बिहीबार ११:४० गते २०७८ कार्तिक ४, बिहीबार ११:४० गते

भक्तपुर, ४ कात्तिक – मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रूपैयाँ सहित काठमाडौं कोटेश्वर बस्ने बाग्लुङ गल्कोट नगरपालिका-१० पाण्डवखानी घर भएका ३६ वर्षीय
चित्र बहादुर पुन मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोवार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले मगरलाई बा.४९ प ८५६५
नम्बरको स्कुटर र नगद ३० लाख रूपैयाँ सहित नियन्त्रणमा लिई अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप नगद ५० लाख रूपैयाँ फेला पारेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि सम्पत्ति शुद्धिकरण बिभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *