काठमाडौं, ४ कात्तिक
कपिलवस्तु – बुद्धभूमी नगरपालिका-१० बिगगौरी बस्ने ३२ वर्षीया सिता थारुको सोही ठाउँस्थित खोला तर्ने क्रममा बगाएर बुधबार दिउँसो मृत्यु भएको छ । खोला तर्ने क्रममा
उनलाई बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिङगेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा खोलाबाट १ सय मिटर टाढा शव फेला परेको हो । साथै उक्त
खोलाले बगाएर बेपत्ता भएकी सोही ठाउँ बस्ने १३ वर्षीया सिर्जना थारुको प्रहरीले खोजी गरिरहेको छ ।
भोजपुर – रामप्रशादराई गाउँपालिका-६ खोलाखर्क बस्ने ५८ वर्षीय मान बहादुर राईको मखुवा खोलाले बगाएर बुधबार दिउँसो मृत्यु भएको छ । खोलाले बगाएर वेपत्ता भएको भन्ने
खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त खोलाबाट १ सय मिटर टाढा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0