एजेन्सी । शाहरुख खान छोरा आर्यनलाई भेट्न जेलमा गए। ड्र’ग्स प्रकरणमा पक्राउ परेका आर्यन र शाहरुखबीच करिब १५ मिनेट कुराकानी भयो।
बलिउड सञ्चारमाध्यमका अनुसार बुबालाई देख्नेबित्तिकै आर्यन ग्वाँग्वाँ रोएका थिए। आर्थर रोड जेलको स्रोतका अनुसार उनीहरु दुबैजना भेटमा भावुक भएका थिए। शाहरुखले छोरालाई भेट्दै गर्दा २ जना जार्ड त्यहाँ तैनाथ थिए।
त्यस्तै शाहरुले आर्यनलाई त्यहाँको खानाबारे सोधेका थिए। तर आर्यनले जेलको खाना नमिठो भएको जवाफ दिएका थिए। शाहरुखले छोरालाई जेलको खाना मन नपरेको बताएका छन्।
त्यसपछि अभिनेता खानले जेलका अधिकारीलाई आर्यनलाई घरको खाना दिन मिल्छ भनेर सोधेका थिए। तर अधिकारीहरुले त्यसका लागि अदालतको अनुमति चाहिने जानकारी गराएका छन्।
भेटमा शाहरुखले आर्यनलाई बलियो रहन हिम्मत दिएका छन्। उनले छोरालाइृउ नआत्तिन भनेको बताइएको छ।
Views: 0