सवारी दुर्घटनामा २ जनाको मृत्यु

२०७८ कार्तिक ५, शुक्रबार १५:३२ गते २०७८ कार्तिक ५, शुक्रबार १५:३२ गते २०७८ कार्तिक ५, शुक्रबार १५:३२ गते

काठमाडौं, ५ कात्तिक
बर्दिया – बाँसगढी नगरपालिका-५ प्रगतीनगरस्थित सडकमा भे.१ ह. ५१६० नम्बरको ई-रिक्साको ठक्करबाट बाँसगढी नगरपालिका-५ बस्ने भिम प्रसाद काफ्लेको छोरा ३ वर्षीय
अभिष काफ्लेको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाईते भएका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ई-
रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी – कोशी गाउँपालिका-८ भाण्टाबारी चोकस्थित सडकमा अनटेष्ट लेखिएको स्कुटर आफैं अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा स्कुटर चालक झापा दमक नगरपालिका-१
बस्ने २६ वर्षीया सासा लिम्बुको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल ईनरुवा हुँदै न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा स्कुटरमा सवार झापा बुद्दशान्ती गाउँपालिका-१ बस्ने २७ वर्षीया रेनु गुरुङ सामान्य घाइते भएकी छन् ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *