अछाम, ५ कात्तिक
ढकारी गाउँपालिका-३ नवागाउँस्थित चुथी खोलाले बगाई बेपत्ता भएकी सोही ठाउँ बस्ने महेन्द्र थापाकी छोरी ७ वर्षीया मैसरा थापाको शव फेला परेको छ ।
गर्सेबाट घरतर्फ फर्किने क्रममा कात्तिक २ गते उक्त खोलाले बगाउँदा बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ८ किलोमिटर टाढा मंगलसैन नगरपालिका-१३
बुढासैनस्थित सोही खोलाको किनारमा शुक्रबार शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0