मृत अवस्थामा फेला

२०७८ कार्तिक ५, शुक्रबार १७:२० गते २०७८ कार्तिक ५, शुक्रबार १७:२० गते २०७८ कार्तिक ५, शुक्रबार १७:२० गते

काठमाडौं, ५ कात्तिक
काठमाडौं महानगरपालिका-३० ज्ञानेश्वरमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष आफ्नै ठेलागाडामा, कीर्तिपुर नगरपालिका-२ बल्खु खोलाको पुलमुनि हाल नाम,
थर, वतन नखुलेकी करिब ४० वर्षीया महिला र काठमाडौं महानगरपालिका-८ पशुपति आर्यघाटमा काम गर्ने हाल वतन नखुलेका करिब ४० वर्षीय ओम मगर भन्ने पुरुष आर्यघाटको
पेटीमा गरी ३ जना शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

गुल्मी – चन्द्रकोट गाउँपालिका-४ बस्ने बरेङ गाउँपालिका-३ घर भएकी ६५ वर्षीया रत्नकला आचार्य सोही गाउँपालिका-६ हरेवास्थित लघुविद्युतको ड्याममा शुक्रबार मृत
अवस्थामा फेला परेकी छन् । बिहीबारदेखि हराइरहेकी उनको खोजी गर्ने क्रममा उक्त ड्याममा शव फेला परेको हो ।

पाल्पा – रिब्दिकोट गाउँपालिका-८ ताल्तुङ बस्ने ३९ वर्षीय नुर बहादुर सुर्यबंशी आफ्नै घरदेखि करिब ४ किलोमिटर टाढा ताल्तुङ रानीवन सामुदायिक वनको गोरेटेको छेउमा
शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

झापा – दमक नगरपालिका-२ बेलडागी बस्ने ५५ वर्षीय ईन्द्र खतिवडा सोही ठाउँस्थित कल्बर्ट नजिक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *