बिहेको दिन बेहुली देखेर बेहुला बेहोस, टिकाटालोमा देखाइयो २० बर्षकी तर बिहेमा उतारियो ५० बर्षीय

२०७८ कार्तिक ७, आईतवार ०८:१७ गते २०७८ कार्तिक ७, आईतवार ०८:१७ गते २०७८ कार्तिक ७, आईतवार ०८:१७ गते

एजेन्सी । भनिन्छ विवाहमा केही कुरा बढाएर बोलिन्छ । हुनेवाला बेहुला र बेहुलीको बारेमा राम्रा कुराहरुको मात्र बखान गरिन्छ । तर भारतको यूपीको इटावामा भने एक युवकलाई २० वर्षकी युवतीको फोटो देखाएर एक ४५ वर्षीया महिलासंग विवाह गराइन लागेको समाचार सार्वजनिक भएको छ । बेहुला बेहुलीलाई मण्डपमा देखेपछि टाप कसेका छन् ।

विवाह भन्दा पहिले, तस्वीर एक २० वर्षीया युवतीको देखाइएको थियो। जब केटाले बिहेका लागि हुन्छ भन्यो, तब दुई बच्चाहरुकी आमालाई मण्डपमा बसाइयो । मण्डपवाट टाप कसेका बेहुला सिधै प्रहरी कार्यालय पुगे । उनले आफुलाई ठूलो धो का भएको भन्दै उजुरी दिए ।

ति युवकको नाम शत्रुघ्न सिंह हो । उनलाई २० वर्षीया युवतीको तस्वीर पहिलो पटक उनलाई देखाइएको थियो र उनी आफैंले ३५ हजार रुपैयाँ अग्रिम पैसा पनि लिएकी थिइन् । तर जब ती युवक विवाहको दिन मन्दिर पुगे, उनलाई थाहा भयो कि उनी एक ४५ बर्षीया महिला संग बिहे गर्दैछन्। ती महिला दुई सन्तानकी आमा समेत हुन् ।

उनी आफ्नी आमासँग पुलिस स्टेशन जाने कुरा गर्न थाले। तर स्थिति अनियन्त्रित भएको देखेर त्यहाँ उभिएका दलालहरुले शत्रुघ्न र उनको परिवारलाई ध म्की दिन थाले। उनी उनीहरुको पछि ला ठी लिएर दौडन थाले। तर पनी शत्रुघ्न आफ्नो ज्यान बचाएर पुलिस स्टेशन पुगे ।

शत्रुघ्नले भने कि गाउँका दुई दलालहरुले मेरो ३५ हजार रुपैयाँ ठ गी गरी मलाई नीलकण्ठ मन्दिरमा विवाह गर्न एक युवती देखाए। मैले एक हजार रुपैयाँ नगद र त्यो केटीको हातमा एउटा मीठो बक्स दिएको थिएँ। उनकी काकी उनीसंगै आउनुभएको थियो। विवाह पक्का भयो। वार्ता पनि भयो।

त्यसपछि मन्दिर मा विवाह को लागी बोलाइएको थियो। जब विवाहको प्रकृया सुरु हुन लाग्यो त्यती बेला मेरो आमाले देख्नुभयो की ति युवती थिइनन् एक ४५ वर्षकी महिला थिइन् । जो २ सन्तानकी आमा पनि हुन् । ति महिलाको अगाडी म आफै बच्चा जस्तो देखिएको थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *