बालिकाको उपचारका लागि उठ्यो १९ करोड ४० लाख रुपैयाँ

२०७८ कार्तिक ९, मंगलवार ०९:०८ गते २०७८ कार्तिक ९, मंगलवार ०९:०८ गते २०७८ कार्तिक ९, मंगलवार ०९:०८ गते

काठमाडौं, कार्तिक ८ । पश्चिम नवलपरासीको रामग्राम २ परासी निवासी बालरोग विशेषज्ञ डा सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङकी छोरी सियोनाको उपचारका लागि १९ करोड ४० लाख रुपैयाँ संकलन भएको छ ।

सियोनालाई दुर्लभ मानिने ‘एस एम ए’ रोग लागेपछि उपचारका लागि देश विदेशबाट रकम संकलन गरिएको थियो । संकलन भएको सबै रकम उपचारमा खर्च नहुने भएपछि डाक्टर श्रेष्ठले ७ करोड रुपैयाँ बाल स्वास्थ्यको लागि साझेदारी नेपाल नामक संस्थालाई उपलब्ध गराएका छन् ।

हालसम्म उपचारमा १ करोड २४ लाख खर्च भएको र पाँच वर्षसम्मका लागि औषधिमा ७ करोड रुपैयाँ खर्च हुने डाक्टर श्रेष्ठले बताए । उपचारबाट बाँकी रहेको अरु रकम सामाजिक कार्यमा खर्च गरिने डाक्टर श्रेष्ठको भनाई छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *