रोटरी क्लब अफ कपनले एक कार्यक्रम गरि आफ्नो छैटौं स्थापना दिवस क्लबका सदस्यहरु एवं अन्य रोटरीयनहरुको विशेष उपस्तिथिमा भव्यताका साथ सम्पन्न गर्यो । प्रत्येक वर्ष अक्टोबर २६ मा आफ्नो स्थापना दिवस मनाउँदै आएको आर.सी कपनले यस वर्ष भने अन्य वर्ष झैं अरु कार्यक्रम आयोजना नगरी साधारण तवरले मनायो ।
गत वर्षहरुमा भने क्लबले विविध कार्यक्रम गरि आफ्नो कार्यक्रम मनाउने गर्दथ्यो । यस वर्ष क्लबले स्थापना दिवस एवं क्लबका पूर्व अध्यक्ष मनोज कुमार घिमिरेको जन्म दिन केक काटी शुभकामना आदानप्रदान गरि मनायो । क्लबले नियमित गर्नुपर्ने क्लब एसेम्ली र नियमित बैठक पनि यसै क्रममा सकाएको कुरा क्लबका सचिव प्रल्हाद दाहालले जानकारी गराउनु भयो।
कार्यक्रममा आर. सी कपनका एजि सुरेन्द्र शाही ठकुरी , आर. सी भादगाउँका चार्टर प्रेसिडेन्ट, एजि, आ.सी कपनका जि. एस.आर मनोज कुमार कँडेल, आर. सी भादगाउँका प्रेसिडेन्ट उत्तममणि पौडेल, आर. सी दरवारमार्गका प्रेसिडेन्ट नेत्र बहादुर बस्नेत , विभिन्न क्लबका सदस्य एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।आ.सी कपनबाट चार्टर प्रेसिडेन्ट कृष्ण कुमार श्रेष्ठ, पुर्व अध्यक्ष मनोज कुमार घिमिरे, शिवहरी खनाल, इलेक्ट प्रेसिडेन्ट कृष्णादेवी मुनिकार, क्लबकी मेजर डोनर एवं उपाध्यक्ष शुचिता काफ्ले लगायत पदाधिकारी एवं सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम आर.सी कपनका वर्तमान अध्यक्ष डा. तेज बहादुर रोक्काको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा क्लबका एजि सुरेन्द्र शाही ठकुरी , भादगाउँका चार्टर प्रेसिडेन्ट एवं जि.एस.आर मनोज कुमार कँडेल, भादगाउँका प्रेसिडेन्ट उत्तम कुमार पौडेल, आर. सी दरवारमार्गका प्रेसिडेन्ट नेत्र बहादुर बस्नेत, कपनका चार्टर प्रेसिडेन्ट कृष्ण कुमार श्रेष्ठले रोटरी क्लब अफ कपनको स्थापना दिवस र पास्ट प्रेसिडेन्ट मनोज कुमार घिमिरेको जन्म दिनको उपलक्ष्यमा शुभकामना दिनु भयो भने पूर्व अध्यक्ष मनोज कुमार घिमिरेले कपन क्लबको बारे बताउँदै आफ्नो जन्म दिन र क्लबको स्थापना दिवस एकै दिन परेकोले आफू आति नै खुशी भएको बताउनु भयो ।
कार्यक्रममा क्लबका वर्तमान अध्यक्ष डा. तेज बहादुर रोक्काले सबैलाई धन्यवाद दिँदै क्लबको निमन्त्रणालाई स्विकार्दै उपस्थित जनाउनु भएकोमा सबैसँग खुशी ब्यक्त गर्दै क्लबले आगामी दिनमा अझ आफ्ना सामाजिक गतिविधि अगाडि बढाउने र यसमा सबैको साथ रहने आशा राख्दै औपचारिक कार्यक्रमको अन्त्य गर्नु भयो । औपचारिक कार्यक्रमपछि क्लबका पदाधिकारी एवं अतिथिहरुले नाँचगान गर्दै रमाइलो गरि स्थापना दिवस मनाएका थिए ।
Views: 0