खानको लागि पैसा नभएपछि ५०० डलरमा बच्चा बे’चियो

२०७८ कार्तिक ९, मंगलवार २०:३५ गते २०७८ कार्तिक ९, मंगलवार २०:३५ गते २०७८ कार्तिक ९, मंगलवार २०:३५ गते

एजेन्सी । तालिवानले सत्ता हातमा लिएपछि अफगानिस्तानको अवस्था निकै कमजोर छ । अर्थतन्त्र धरासायी भएका कारण सर्वसाधारण भोकै बस्न बाध्य छन् । भोकमरीले ग्रस्त अफगानी परिवारहरूले पैसाका लागि आफ्नो सन्तान बे चिरहेको बीबीसीको रिपोर्टले देखाएको छ ।

तालिबानले शासन चलाउन थालेपछि विदेशी सहयोग बन्द भएकाले अफगानिस्तानको अर्थतन्त्र धराशायी छ । बीबीसीकी संवाददाता योगिता लिमाये हेरात शहर बाहिरको एक गाउँमा पुगेकी थिइन् । त्यहाँ एक आमाले आफ्नी नवजात शिशुलाई ५०० डलरमा बे चेको बताइन् । अन्य सन्तानलाई खाना कि न्नका लागि छोरी बेचेको उनको भनाइ छ ।

छोरी कि न्ने मान्छेले उनलाई हुर्काएर आफ्नो छोरोसँग विवाह गराउने भनेका छन् तर त्यसको ग्यारेन्टी छैन । ती व्यक्तिले शुरूमा २५० डलर तिरेको र त्यसबाट परिवारलाई केही महिना खुवाउन पुग्ने उनले बताइन् । बच्चा हिँड्न सक्ने भएपछि ती व्यक्ति लिन आउने उनको भनाइ छ । वर्ल्ड फूड प्रोग्रामले अफगानिस्तानको आधा जनसंख्याले नोभेम्बर महिनादेखि चरम खाद्यान्न असुरक्षाको समस्या भोग्ने चेतावनी सोमवार दिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *