प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नवनिर्मित कार्यालय तथा आवास भवन उद्‍घाटन (फोटोसहित)

२०७८ कार्तिक १०, बुधबार १८:४५ गते २०७८ कार्तिक १०, बुधबार १८:४५ गते २०७८ कार्तिक १०, बुधबार १८:४५ गते

सोलुखुम्बु, १० कात्तिक – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ईलाका प्रहरी कार्यालय लुक्ला सोलुखुम्बु
परिसरमा नवनिर्मित कार्यालय तथा आवास भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले प्रहरी कार्यमा सहयोग गर्ने विभिन्न महानुभावहरूलाई
कदरपत्र तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार समेत प्रदान गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनुपर्ने
बताउनुभयो । प्रहरी कर्मचारीहरूको व्यवहार तथा बोलीवचन सदैव उत्कृष्ट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निष्पक्ष र सेवामुखी भावनाका साथ आफ्नो आचरण र व्यवहारमा शुद्धता कायम गरी क्रियाशील रहँदै जनसमुदायको सेवा र सुरक्षामा गम्भीर भएर
काम गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । लुक्लावासीसँग साक्षात्कार गर्न पाउँदा आफूलाई गौरव महशुस भएको उल्लेख गर्दै उहाँले जनआकांक्षा, प्रविधिमैत्री प्रहरी सेवा,
जनभावनाको कदर, संसारभरीबाट आउने पर्यटकहरूको सुरक्षाप्रति प्रहरी कर्मचारीहरू विशेष सजग र संवेदनशील हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले सुबिधा सम्पन्न भवन प्राप्त भएसँगै कार्यरत
प्रहरी कर्मचारीहरू नागरिक सेवामा अझ प्रभावकारी ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर
२ का वडा अध्यक्ष आङ फुर्वा शेर्पाले मन्तव्य व्यक्त गर्दै शान्ति सुरक्षा कायम गर्न अहोरात्र खटिने प्रहरी र स्थानीयबीच सहकार्य गर्न वडावासी प्रतिवद्ध रहेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई.अनिल रानाले भवन
निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साढे २ तले उक्त भवन नेपाल सरकारको नियमित बजेटबाट कूल २ करोड ६६ लाख ३३ हजार रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न
भएको हो ।

कार्यक्रममा १ नम्बर प्रदेशस्थित प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू, भद्रभलादमी एवं स्थानीयवासीहरूको उपस्थिति
रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *