करवाचौथमा गोबिन्दाले श्रीमतीलाई दिए कार उपहार

२०७८ कार्तिक ११, बिहीबार २०:५५ गते २०७८ कार्तिक ११, बिहीबार २०:५५ गते २०७८ कार्तिक ११, बिहीबार २०:५५ गते

बलिउडका कलाकारहरूले करवा चौथ पर्व धुमधामका साथ मनाएका छन्। उनीहरुका तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । सेलिब्रेटीहरूले पर्व सेलिब्रेट गरेका तस्बिर इन्स्टाग्राममा सेयर गरेका कारण तस्बिर भाइरल भएका छन्।

करवा चौथको अवसरमा अभिनेताहरूले आफ्नी पत्नीहरूलाई महंगो उपहार समेत दिएका छन्। गोविन्दाले श्रीमती सुनिता आहुजालाई महंगो कार उपहार दिएका छन्। गोविन्दाले इन्स्टाग्राममा तस्बिर सेयर गरेका छन्। यस फोटोमा उनी आफ्नो श्रीमतीसँग देखिएका छन्। उनले आफ्नी श्रीमतीलाई कार उपहार दिइरहेको देखिन्छन्।

गोविन्दाले आफ्नी श्रीमतीलाई सम्बोधन गर्दै एउटा पोस्ट लेखे, ‘मेरो सबैभन्दा मिल्ने साथी, मेरो माया र मेरा दुई सुन्दर बच्चाहरुको आमा। करवा चौथको शुभकामना। म तिमीलाई माया गर्छु। तिम्रो लागि मेरो माया मापन गर्न सकिँदैन। तर आजको लागि, यो सानो उपहारसँग मापन गरिदेऊ। भगवानले तिमीलाई संसारको सबै खुसी दिउन्। तिमीलाई माया गर्छु मेरी हिरा।’

गोविन्दा र सुनिताको विवाह सन् १९८७ मा भएको थियो। उनीहरूका दुई सन्तान छन्, छोरी टीना आहुजा र छोरा यशवर्धन आहुजा। ५७ वर्षीय गोविन्दालाई मायाले ‘चीची’ पनि भनिन्छ। गोविन्दाको पहिलो रिलिज फिल्म ‘इलजाम ९१९८६०’ हो। यद्यपि उनको पहिलो फिल्म ‘तन बदन’ थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *