एजेन्सी । मुम्बई क्रुज ड्र’ग्स मु’द्दामा मुम्बईको आर्थर रोड जे’लमा रहेका आर्यन खानले जमानत पाएका छन् । शाहरुख खानको जन्मदिन नोभेम्बर २ मा पर्छ त्यसैले अदा’लतको यो आदेशलाई शाहरुखका लागि अग्रिम जन्मदिनको उपहार मान्न सकिन्छ ।
उनले आफ्नो जन्मदिन छोरा आर्यनसँग मनाउन सक्नेछन् ।आर्यन बाहेक मुनमुन धमिचा र अरबाज मर्चेन्टलाई पनि अदालतले जमा’नत दिएको छ । तर, हाल अदालतबाट आदेशको प्रतिलिपि नआएपछि तीनैजना शुक्रबार वा शनिबारसम्म कारागारमै बस्नुपर्नेछ ।
मुम्बई उच्च अदालतमा बिहीबार दिउँसो ३ बजे सुनुवाई सुरु भएको थियो । अपराह्न ४ः४५ बजे अदालतले यस विषयमा फैसला सुनाएको हो । अभियुक्तको जमानतको विरोध गर्दै एनसीबीका तर्फबाट अतिरिक्त महान्यायाधिवक्ता (एएसजी) अनिल सिंहले बहस गरे तर अदालतले अभियुक्तलाई जमानत दिएको थियो।
उनले, आर्यनको साथबाट ड्र,’ग्स बरामद नभएको भन्दै उनलाई पक्राउ गर्नु गलत भएको बताएका थिए ।आर्यनलाई अक्टुबर २ तारिखमा एनसीबीले मुम्बइको एक क्रु,’ज पार्टीमा सहभागी भएको समयमा पक्राउ गरेको थियो ।
Views: 0