चोकतिर केटा हो, चोकतिर’ भनेर भाइरल भएका मानबहादुरले के गर्छन् ?

२०७८ कार्तिक ११, बिहीबार २२:२४ गते २०७८ कार्तिक ११, बिहीबार २२:२४ गते २०७८ कार्तिक ११, बिहीबार २२:२४ गते

गड्यौलीका २० वर्षीय मानबहादुर तामाङले मोबाइलको सेल्फी भिडियाेमा स्वतःस्फूर्त बोलेका कुरा अहिले टिकटकमा भाइरल भएको छ।

उनले बनाएको भिडियाेको सानो अंश ‘के हो, कहाँ हो? म यहाँ चोकतिर यार, चोकतिर, चोकतिर केटा हो, चोकतिर म…’ लाई मान्छेले यति धेरै मन पराए, त्यसमा आफ्नो भिडियाे बनाएर टिकटकमा पोस्ट गर्नेहरूको क्रम बढेको छ। टिकटक हुँदै फेसबुक र ट्वीटर प्रयोगकर्ताले पनि उनको बोलीको त्यो अंशलाई रमाइलो ढंगले प्रस्तुत गरिरहेका छन् । त्यसमा प्रशस्त मिम बनिरहेका छन्। केही सेकेन्डको त्यो भिडियाे टिकटकमा मात्रै २७ लाख भन्दा बढीले हेरेका छन्।

के गर्छन् मानबहादुर
मानबहादुर पूर्व-पश्चिम राजमार्गसँग जोडिएको गड्यौली क्षेत्रमा ज्यालादारी काम गर्छन् । भर्चुअल संसारबाट परै रहेका मानबहादुर स्थानीय शिक्षक गणेश लामासँग नजिकिन्थे। गणेशले नै उनको भिडियाे हालेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *