तेमाल गाउँपालिकामा एमाले र काँग्रेसमा पहिरो , गाउँ पार्टीका खम्बाहरुनै समाजवादीमा प्रवेश

२०७८ कार्तिक १४, आईतवार १८:०१ गते २०७८ कार्तिक १४, आईतवार १८:०१ गते २०७८ कार्तिक १४, आईतवार १८:०१ गते

काभ्रेपलान्चोक । नेकपा (एकिकृत समाजवादी) तेमाल गाउँपालिका वडा नं. ६ ठुलो पर्सेलको वडा अधिवेशन शिव बहादुर देउजाको प्रमुख आतिथ्यता र सुर्य बहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) केन्द्रीय सदस्य तथा काभ्रे जिल्लाको अध्यक्ष टोक बहादुर वाइवा, जिल्ला सदस्य मुकुन्द गौतम, वरिष्ठ पत्रकार भोतराज त्रिपाठी,तेमाल गाउँपालिकाको अध्यक्ष तथा जिल्ला सदस्य प्रदिप तामाङ ,जिल्ला सदस्य रेशमलाल श्रेष्ठ,जिल्ला सदस्य विरेश तामाङ, सिजन लामा, समिप त्रिपाठी, सुर्य लामा, पाल्छाङ मोक्तान, शंकर त्रिपाठी, लगाएतका अतिथिहरु रहेका थिए ।

नेकपा (एकिकृत समाजवादी) तेमाल गाउँपालिका अध्यक्ष तथा जिल्ला कमिटी सदस्य प्रदिप कुमार तामाङले अराजकता शब्द प्रयोग गरेर ठुला ठेला भाषण गरेर मात्रै जनताको मन जित्न नसक्ने उहाँले बताउनु भयो । अनेम संघ काभ्रे जिल्लाको अध्यक्ष पासाङ डोल्मा तामाङले समान अधिकारको लागि अब महिला दिदीबहिनीहरु राजनीतिमा सक्रियता हुनु पर्नेमा उहाँले जोडदिनु भयो । यसैगरी विशिष्ट अतिथि तोक बहादुर वाइवाले केपी ओलिको अराजकता प्रवृत्तिको कारणले नयाँ पार्टीको जन्म भएको हुनाले नयाँ चिन्न कलममा भोट हाल्न जनता कुनै हालतमा अनाकानी नगर्नेमा ढुक्क भएको बताउनु भयो ।

आउँदो चुनावमा एकिकृत समाजवादी पार्टीको तेमाल गाउँपालिकामा जित सुनिश्चित भएको दाबी गर्नु भयो । जनमासको उल्लेखनीय सहभागीताले अति हर्षित भएको र ठुलो पर्सेलसँगबाट नै एमालेको हार शुरु भएको उहाँले दाबी गर्नु भयो । प्रमुख अतिथि शिव बाहदुर देउजाले ठुलो पर्सेलसँगको साइनो कहिले बिर्सन नसकेको र फेरि पार्टीको विविध कार्यको कारणले अझ साइनो नजिएको बताउनु भयो । कार्यक्रम समापन हुनु भन्दा पहिला नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरेर नेकपा (एकिकृत समाजवादी)मा पार्टी प्रवेस गरेकाहरुलाई प्रमुख अतिथि शिव बहादुर देउजा र विशिष्ट अतिथि टोक बहादुर वाइवाले टिका लगाएर स्वागत गरेका थिए । बन्द सत्रबाट सुर्य बहादुर लामाको अध्यक्षतामा २५ सदस्य वडा कमिटी गठन गरेको छ । साथमा छुडुप लामाको अध्यक्षतामा २५ वडा युवा संघ कमिटी गठन गरेको हो ।

नेकपा (एकिकृत समाजवादी )को वडा मा अध्यक्ष: सुर्य बहादुर तामाङ, उपाध्यक्ष : चक्र बहादुर तामाङ, छेटुप तामाङ, सचिव: सत्यमान लामा (घिसिङ ) सहसचिव: दिपेश विक. रत्न बहादुर सिजाली, रन्जित रानामगर, सदस्यहरुमा : मेघ बहादुर राणा, ईन्द्र बहादुर सिंजाली , ज्वाला तामाङ, ज्ञान बहादुर तामाङ, भिम बहादुर तामाङ,जिता तामाङ , जगत तामाङ, फूल कुमार तामाङ, बरस सिं तामाङ, दावा तामाङ, उत्तम जर्गा , सुमन तामाङ, मानध्वज तामाङ, अर्थमान तामाङ, कमला राणा, कल्पना थापा, सुकुमाया तामाङ, शान्ति स्याङतान, ।

युवा संघमा अध्यक्ष : वियोग तामाङ, उपाध्यक्ष : विकास लामा काल्देन , शरण थापा मगर, नविन सचिव: नविन राणामगर सहसचिव: रोशन थापा, पाल्छाङ तामाङ, सदस्य: जीवन जर्गा, सुदिव राणा, जय लामा, सन्तोष विक, प्रेम विक, सुनिल लामा, राज तामाङ, सुरेन दोङ,उपेन्द्र तामाङ, दिल तामाङ, सरोज तामाङ, मनोज तामाङ, अनिश दोङ, लवाङ तामाङ, धनलाल तामाङ, सविन घिसिङ, दावा लामा, शरण रखाल, किरण तामाङ, बन्दसत्र समापनमा जिल्ला कमिटी सदस्य तथा तेमाल गाउँपालिकाको एकिकृत समाजवादीको अध्यक्ष प्रदिप तामाङले वडा कमिटी तथा युवा संघका पदाधिकारीहरुलाई शुभकामना दिनु भएको छ । ठुलो पर्सेलमा समाजवादीलाई जिताउन र तेमालमा स्थापित गराउनका महत्त्वपूर्ण सहयोग हुनेमा दृढता विश्वास रहेको बताउनु भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *