रेड पाण्डा ओसार पसार मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७८ कार्तिक १४, आईतवार १९:५४ गते २०७८ कार्तिक १४, आईतवार १९:५४ गते २०७८ कार्तिक १४, आईतवार १९:५४ गते

बाँके, १४ कात्तिक – रेड पाण्डा ओसार पसार मुद्दाका फरार प्रतिवादी बाँके बैजनाथ गाउँपालिका-६ बस्ने ४२
वर्षीय नर बहादुर वलीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेको २०७७ असोज २ गतेको फैसलाले ५ वर्ष ५ महिना १४ दिन
कैद तोकिएकोमा हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको
प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी
कार्यालय बाँकेले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *