काठमाडौं, १४ कात्तिक
दाङ – राप्ती गाउँपालिका-८ पिपरीस्थित सडकमा रा.२ प ४६५९ नम्बरको
मोटरसाइकल आफैं अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार प्युठान
गहुमुखी गाउँपालिका-९ बस्ने २५ वर्षीय कृष्ण केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर
घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते
भएका अन्य २ जनाको उपचार भइरहेको छ ।
नवलपरासी (पूर्व) – मध्यविन्दु नगरपालिका-७ चोरमारास्थित सडकमा गण्डकी प्रदेश
०४ ००१ प २७४८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई रुखमा ठोक्किएर शनिबार
साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २९ वर्षीय नेत्र बहादुर मिथुन मगरको
मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा
उपचारको क्रममा मृत्यु भएको हो ।
झापा – अर्जुनधारा नगरपालिका-११ सालबारीस्थित सडकमा प्रदेश १-०१-०१२ प
४३७४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई कल्बर्टमा ठोक्किएर खोलामा खसेर
शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-११ बस्ने १८ वर्षीय
कुसल दासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको बेहोस अवस्थामा उद्धार
गरी उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा मृत्यु
भएको हो ।
रौतहट – चन्द्रपुर नगरपालिका-३ प्रणामी टोलस्थित सडकमा ना.४ त ३९३५ नम्बरको
ट्याक्टरका चालक चन्द्रपुर नगरपालिका-३ पुरानो टोल बस्ने ३५ वर्षीय रतन बहादुर
मोक्तानको सोही ट्याक्टरबाट लडेर चक्काले किच्दा शनिबार साँझ मृत्यु भएको छ । दुर्घटनामा
गम्भीर घाईते भएका उनको एपोलो सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
कपिलवस्तु, बाणगंगा नगरपालिका-८ मधुवनस्थित सडकमा लु. ५२ प ६२४५
नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८५ वर्षीय रुद्र प्रसाद पौडेलको
शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सामुदायिक
अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी
गरिरहेको छ ।
कैलाली – धनगढी उपमहानगरपालिका-३ वडा कार्यालय नजिक सडकमा म.२ प ७६३०
नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएर शनिबार राति दुर्घटना हुँदा
मोटरसाइकल चालक सोही ठाउँ बस्ने १८ वर्षीय पुष्प गिरीको मृत्यु भएको छ । दुर्घटनामा
गम्भीर घाईते भएका उनको निर्सग अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका २ जनाको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ ।
दाङ – घोराही उपमहानगरपालिका-१० सौडीकुलास्थित सडकमा रा.४ प ७८५५
नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएर शनिबार साँझ दुर्घटना हुँदा
मोटरसाइकल चालक सोही नगरपालिका-३ बर्गदी बस्ने ४३ वर्षीय खिशिराम चौधरीको मृत्यु
भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै
मेडिकल कलेज कोहलपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
मोरङ – सुन्दरहरैचा नगरपालिका-४ दुलारीस्थित सडकमा बिआर ५० जिए ०३०६
नम्बरको भारतीय लहरीले को.३६ प २१७२ नम्बरको स्कुटरलाई शनिबार साँझ ठक्कर दिई
दुर्घटना हुँदा स्कुटर चालक सुन्दरहरैचा नगरपालिका-४ बस्ने ४५ वर्षीय श्याम लिङ्खाको मृत्यु
भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको ईटहरी सामुदायिक अस्पताल हुँदै थप
उपचारको लागि धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । लहरी चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0