लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ

२०७८ कार्तिक १४, आईतवार २०:३७ गते २०७८ कार्तिक १४, आईतवार २०:३७ गते २०७८ कार्तिक १४, आईतवार २०:३७ गते

काठमाडौं, १४ कात्तिक
बारा – धादिङबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख.५३७२ नम्बरको बसका यात्रुको
नगद १ लाख ५ हजार रूपैयाँ लुटपाट गरेको अभियोगमा सोही बसमा सवार काभ्रे घर भएका
३० वर्षीय राजु लामा सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बसमा
सवार जितपुरसिमरा उपमहानगरपालिका-७ बस्ने ४५ वर्षीय पुरूषको साथबाट राजु लगायत
३ जनाले हातपात समेत गरी उक्त नगद लुटपाट गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी
कार्यालय जितपुरबाट खटिएको प्रहरीले उनीहरूमध्ये २ जनालाई उक्त नगद सहित फेला पारी
पक्राउ गरेको हो । हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

नवलपरासी (पश्चिम) – बर्दघाट नगरपालिका-१३ मौराटाडी बस्ने ५८ वर्षीया महिलाको
३ तोला ५० लाल बराबरको सुनको सिक्री लुटपाट गरेको अभियोगमा सुनवल नगरपालिका-
१२ फरौली बस्ने १९ वर्षीय देवराज यादव समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । सोही ठाउँमा पैदल हिँडिरहेको अवस्थामा लु.७४ प ४५०८ नम्बरको
मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले महिलाले लगाएको उक्त सिक्री लुटि फरार
भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको
प्रहरीले रामग्राम नगरपालिका-५ बुद्धचोकबाट उनीहरूलाई उक्त मोटरसाइकल र सिक्री सहित
फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *