काठमाडौं, १४ कात्तिक
कञ्चनपुर – पुनर्वास नगरपालिका-६ ङ गाँउबाट बेवारिसे अवस्थामा रहेको ६ सय थान
पटाका र सोही नगरपालिका-११ डोकेबजार चेकपोष्टमा जाँच गर्ने क्रममा थप १ बोरा पटाका
शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । भारतबाट लुकाई ल्याउँदै गरेको उक्त पटाका
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले फेला पारी
बरामद गरेको हो ।
सर्लाही – बलरा नगरपालिका-१ स्थित सीमा क्षेत्रबाट ४० हजार रूपैयाँ मूल्य बराबरका
फुलझरी, नागिन, आलु बम लगायतका पटाका शनिबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी
चौकी छन्किटोलाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ भारतबाट नेपालतर्फ बोकी ल्याउँदै
गरेका व्यक्तिहरूले उक्त पटाका छाडी फरार भएपश्चात प्रहरीले बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Views: 0