सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर आईपीओ भोली मंगलबार बाँडफाँट हुने भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार भोली बिहान ८ः३० बजे शेयर बाँडफाँट हुने भएको हो ।
कम्पनीले कात्तिक ४ गतेबिहिबारदेखि ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन तथा विक्री खुल्ला गरेको थियो ।
निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । भने बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता शेयर सर्वसाधरणको लागि बाडफाँड हुने छ ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार कम्पनिको शेयरमा २२ लाख ६५ हजार ६९८ आवेदकबाट २ अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड ६९ लाख ३३ हजार ५०० कित्ता शेयरको लागि आवेदन दिएका छन् । यो ३९.६७ गुणा बढी रहेको छ ।
कम्पनिको शेयरमा मागभन्दा बढि आवेदन परेकोले गोलापथाबाट न्युनतम १० कित्ताका दरले वितरण हुनेछ । जसअनुसार ६७ हजार ८९० आवेदकले मात्रै १० कित्ता शेयर हात पार्नेछन भने २२ लाख आवेदकको हात रित्तो हुनेछ । अर्थपथ
Views: 0