काठमाडौं – राष्ट्रिय प्रसारण लाईनमा जोडिएको नेपालको विद्युत मागभन्दा उत्पादन बढि भएपछि सरकारले अन्य मुलुकमा विद्युत विक्रिका लागि प्रक्रिया अघि बढाएको छ । यो महिना देखि नेपालमा विद्युत उत्पादन बढेसँगै उत्पादन क्षमता १९५३ मेगावाट पुगेको छ ।
विद्युतको माग भने बढिमा १५ सय मेगावाट मात्र रहेकाले बाँकी रहेका ४५३ मेगावाट विद्युत बङ्गलादेश र भारतलाई बिक्रिको प्रक्रिया अघि बढाएको हो ।
माथिल्लो तामाकोशीबाट ४५६ मेगावाट उत्पादन र सोलारबाट १५ मेगावाट उत्पादन थप भएपछि हाल राष्ट्रिय प्रशासन लाईन १९५३ मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क छ ।
मंगलबार सम्पन्न नेपाल – बङ्गलादेश बिचको उर्जा क्षेत्रमा आपसी सहयोग सम्बन्धि सचिव स्थरीय ज्वाइन्ट स्टेरिङ कमिटिको बैठक नेपालको तर्फबाट उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव देवेन्द्र कार्की तथा बंगलादेशको विद्यूत उर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हविबुर रहमानको सहअध्यक्षतामा सम्पन्न् भएको थियो ।
बैठकमा भारतीइ एवं नेपाली पुर्वाधारका प्रयोग गर्ने विषयमा छलफल सकारात्मक भएकाले २०७८ चैत भित्र बंगलादेशका विद्युत पुर्याउने लक्ष्य मन्त्रालयले राखेको उर्जा जलस्रोत तथा सिचाँई मन्त्रालय प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिनु भयो ।
बंगलादेशले तत्काल २०० मेगावट विद्युत खरिद गर्ने भने पनि सन २०४१ सम्ममा ९०० मेगावट विद्युत खरिद गर्ने लक्ष्य राखेको प्रवक्ता भेटुवालले जानकारी दिनुभयो ।
हामीले चैतसम्ममा २०० मेगावट विद्युत वंगलादेश पुर्याउने प्रक्रिया अघि बढाएका छौ । बैंठकको निर्णयसँगै पहिलो चरणमा नेपाल बंगलादेशविच प्रसारण लाईन निर्माण गर्ने सम्बन्धमा नेपाल,बंगलादेश र भारतबिच त्रिपक्षीय बैठकमार्फत सहमति जुटाई डेडिकेटेड अन्तरदेशीय प्रशारण लाईन विस्तारको काम अगाडि बढाइने मन्त्रालयको तयारी छ ।
नेपाल भारत दुवै पक्षले समीकरण जरुरी ठानेसँगै भारतले क्रस बोर्डर गाईडलाईन बनाउन शुरु गरिसकेको मनलयले जनाएको छ । बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमिस्टेक, एक अर्कालाई सहयोग गर्ने गरी निर्माण भएको सार्कको अवधारणा समेतमा सहमति भएकाले विद्युत विस्तार लाईनमा भारतले सहयोग गर्ने अपेक्षा मन्त्रालयको छ ।
सन २०१५ देखि नेपाल भारत बैठक बस्दै आएको र विभिन्न चरणमा नेपालको स्रोत अन्य देशलाई विक्रि गर्ने विषयमा भारतसँग छलफल भएर समझदारी भइसकेको समेत प्रवक्ता भेटुवालले जानकारी दिनुभयो । नेपाल बंगदादेशबिच उर्जा क्षेत्रमा आपसी सहयोग गर्नेबारे २०७५ साउन २५ गते साझेदारी पत्रमा हस्ताक्षर भएको थियो ।
मंगलबार सम्पन्न् बैठकले नेपाल र बंगादेश बिच विद्युत व्यापार,नेपालको जलविद्यूत विकासमा बंगलादेशको सरकारी तथा निजि लगानी,नेपाल बंगलादेशबिच अन्तरदेखीय विद्युत प्रसारण लाईन, माथिल्लो कर्णाली जलविद्यूत आयोजनाबाट बंगलादेशले आयात गर्ने ५०० मेगावाट विद्युतको खरिदका
Views: 0