नेकपा (एकीकृत समाजवादी) बाँकेको अध्यक्षमा दिपक जीएम बलियो दाबेदार

२०७८ कार्तिक १६, मंगलवार १२:०१ गते २०७८ कार्तिक १६, मंगलवार १२:०१ गते २०७८ कार्तिक १६, मंगलवार १२:०१ गते

काठमाडौं १६ कार्तिक – नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एसले नेतृत्व युवामा हस्तान्त्रण गर्ने योजना अनुसार बाँके जिल्लाको अध्यक्षको जिम्मेवारीमा नेता जीएम आउने भएका हुन्।

बाँकेको एस पार्टी स्रोतका अनुसार जीएमलाई बाँकेको अध्यक्षको जिम्मेवारी दिने तयारी गरिएको हो। नेकपा हुँदै केपी शर्मा ओलीविरुद्धको मोर्चामा सक्रिय भूमिका खेलेका जीएम अहिले युवा संघ नेपालका महासचिव समेत हुन्।

तत्कालीन नेकपा हुँदा ओलीले प्रतिगमन तर्फ देशलाई धकेलेको आरोप लगाइरहेको प्रचण्ड(नेपाल पक्षमा उनी सक्रिय रुपमा आन्दोलनमा सरिक भएका थिए।

यस्तो छ नेता जीएमको राजनीतिक यात्रा

२०६२ सालमा प्रायु संघ क्षेत्रिय कमिटी सदस्य बनेका उनी सोहि वर्ष प्ररायु संघ जिल्ला कमिटि मनोनीत भएका थिए ।

२०६३ प्ररायु संघ बाँके जिल्ला अध्यक्ष बनेका उनी २०६५ प्ररायु संघ पुनः जिल्ला अध्यक्षमा दोहोरिएका थिए ।

२०६६ मा नेकपा एमालेको बाँके जिल्ला कमिटी सदस्यमा निर्वाचित बनेका उनी सोहि वर्ष युवा संघको केन्द्रिय सदस्य बनेका थिए ।

२०६९ युवा संघ नेपाल केन्द्रिय सचिवालय सदस्य बनेका उनी २०७० मा पुनः नेकपा एमाले बाँके जिल्ला कमिटीमा निर्वाचित भएका थिए।

२०७१ नेकपा एमाले ९ औं महाधिवेशनमा प्रतिनिधि निर्वाचित भएका उनी युवा संघ नेपालको केन्द्रिय सचिव हुँदै अहिले नेकपा एस निकट युवा संघको केन्द्रिय महासचिव हुन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *