मकवानपुर, १६ कात्तिक
हेटौंडा उपमहानगरपालिका-३ सरस्वती पाखा टोल बस्ने ३८ वर्षीय उमेश लामालाई
१०५.६६ क्युफिट सालको चिरान काठ सहित सोमबार बिहान प्रहरीले
पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट
खटिएको प्रहरीले तलासी गर्दा लामाको बन्द रहेको भान्साकोठामा लुकाई
राखेको अवस्थामा उक्त काठ फेला पारी उनलाई काठ सहित पक्राउ गरेको हो ।
बरामद काठ सहित उनलाई थप अनुसन्धानको लागि वन कार्यालय पठाइने जिल्ला
प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0