जुनियर मिस धरानको उपाधी डिना लिम्बुलाई

२०७८ कार्तिक १६, मंगलवार १३:५० गते २०७८ कार्तिक १६, मंगलवार १३:५० गते २०७८ कार्तिक १६, मंगलवार १३:५० गते

जुनियर मिस धरानको उपाधी डिना लिम्बुले जितेकि छिन्। शनिवार धरान १८ स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशहरा हलमा आयोजित ग्राण्ड फिनालेमा डिनाले २२ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधी जितेकि हुन्। उपाधी संँगै डिनाले नगद १५ हजारका साथमा ट्रफि सहित पाँच लाखको ईन्सुरेन्स,गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्राप्त गरिन्। प्रतियेगितामा उनले मष्ट डिस्प्लिन र मिस ट्यालेन्टको सबटाईटल समेत हात पारिन्।

यसैगरी प्रतियोगितामा रिन्छिन गुरुङ फष्ट रनरअप बनिन्। उनले नगद १० हजार सहित ट्रफि, ३ लाखको ईन्सुरेन्स, गिफ्ट ह्याम्पर र प्रमाणपत्र पाईन्। उनिलेपनि मिस पब्लिक च्वाईस् र मिस फोटो जेनिकको सवटाईटल समेत जितन्। त्यस्तै ईलिसा चौधरी सेकेण्ड रनरअप बन्दै नगद ५ हजार सहित दुई लाखको ईन्सुरेन्स, गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्राप्त गरिन्। प्रतियोगिताका सवटाईटल बिजेताहरुमा वेष्ट फिगर संयम विष्ट, वेष्ट स्माईल मोनालिसा शाक्य, मिस क्याटवक सुनगाभा राई, मिस मल्टी मिडीया कृषला महतो, मिस कन्फिडेन्ट ईसिका थापा, मिस चार्मिङ रिस्ता तामाङ, मिस ब्युटिफुल शिखा लिम्बु, मिस फ्रेण्डसिप दिव्यारानी राई रहेका छन्भने मष्ट डेलिकेटेड प्यारेन्टस्को उपाधी जिना राई लाई प्रदान गरिएको थियो।

ड्रिम मोडलिङ एजेन्सीको आयोजनामा सम्पन्न प्रतियोगिताको मुख्य निर्णायकमा अरुण प्रधान रहेका थिएभने प्रतियोगितामा धरानका विभिन्न विद्यालयमा अध्ययनरत ६ वर्षदेखि १४ वर्षसम्मका २३ जना बालिकाहरुको सहभागिता रहेको थियो।ड्रिम मोडलिङ एजेन्सीले जुनियर मिस धरानका लागि गत फागुन १० र १५ गते अडिसन लिई ट्रेनिङ शुरु गरिएपनि कोरोनाका कारणले सम्पन्न गर्न केही ढिलाई भएको सिईओ सौरभमान श्रोष्ठले बताए। उनले बच्चाहरु र युवाहरुको क्षमता अभिवृद्धि गर्ने, नेतृत्व क्षमता विकास गर्ने लगायत विभिन्न विषयलाई मुख्य आधार बनाएर एजेन्सीले विभिन्न समयमा सौन्दर्य प्रतियोगिता, फेसन शो प्रतियोगिता गर्दै आएको समेत बताए। यस कम्पनिले विगतका वर्षहरुमा “द स्प्रिङ फेसन सो”, “मोडल अफ द ईयर सिजन १ र २”, “पूर्वाञ्चल मेसिभ फेसन शो” र “मिस्टर एण्ड मिस सुनसरी सिजन १ र २” को समेत आयोजना गरिसकेको कार्यक्रम संयोजक निश्चल पलिखेले बताए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *