हवाई उडान कम हुँदा सिमकोटमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो

२०७८ कार्तिक १६, मंगलवार १६:०१ गते २०७८ कार्तिक १६, मंगलवार १६:०१ गते २०७८ कार्तिक १६, मंगलवार १६:०१ गते

हुम्ला सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य वस्तुको मूल्य अप्रत्याशित रूपमा आकाशिएको छ । नेपालगञ्ज, सुर्खेतबाट हवाई उडान निकै कम हुँदा सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य वस्तु आयात नभएपछि मूल्य आकाशिएको हो ।

दसैँयता निजी एयरलाइन्सले यात्रु मात्रै ओसारि रहेका कारण सामग्री आयात नहुँदा सिमकोटमा तेल, चिनी, बेसार, मसला तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ ।

धारा तेल लिटरको दुई सय ४० र स्वस्तिक तेल लिटरको एक सय ९० रुपैयाँ पुगेको छ । यसअघि सिमकोटमा धारा तेलको एक सय ५० र स्वस्तिक तेलको मूल्य एक सय ४० रुपैयाँसम्म पर्ने गरेको थियो । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् ।

हवाई माध्यमको भरमा सिमकोटमा ढुवानी हुँदै आएको दैनिक उपभोग्य वस्तु आयात नहुँदा यहाँका व्यापारीहरूले महँगो मूल्यमा बिक्री गर्ने गरेका छन् । जसकारण उपभोक्ताले चर्को मूल्य तिरेर भान्सामा प्रयोग हुने वस्तु खरिद गर्नुपरेको छ ।

लामो समयसम्म जिल्ला बाहिरबाट सामग्री आयात नहुँदा मूल्य बजारमा एकाएक आकासिएपछि उपभोक्ता मर्कामा परेका छन् । राज्यको अनुगमन निकाय फितलो भएकाले बजारमा व्यापारीले मनपरी गरेको उपभोक्ताको गुनासो छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *