विष्फोटक पदार्थ (पटाका) सहित ३ जना पक्राउ

२०७८ कार्तिक १८, बिहीबार ११:१५ गते २०७८ कार्तिक १८, बिहीबार ११:१५ गते २०७८ कार्तिक १८, बिहीबार ११:१५ गते

मिति २०७८/०७/१६ गते राती अं.२०:०० बजे सिमा प्रहरी चौकी छतवा बाराबाट
खटिएको प्रहरी टोलीले जिल्ला बारा फेटा गाउँपालिका वडा नं.३ स्थित चेकजाँच गर्ने
क्रममा भारतबाट शंकास्पद रुपमा नेपालतर्फ आएको ना ३८ प ७९५३ र ना १६ प
६२२९ मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा सोही मोटरसाइकलक चालक तथा
पछाडी सवार निम्न स्थान बस्ने निम्न मानिसहरूले कार्टुनमा राखी लुकाइ छिपाई
ल्याएको किङ कोबरा-११ बण्डल र Electric Sparklers-५० प्याकेट बिष्फोटक
पदार्थ (पटाका) फेला परेको हुँदा निजहरूलाई पक्राउ गरी सम्मानित बारा जिल्ला
अदालतबाट विष्फोटक पदार्थ अन्तर्गत कसूरमा पहिलो पटक दिन ५ को म्याद अनुमति
लिई थप अनुसन्धान भइरहेको।

पक्राउ मानिस

१. जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.१५ बस्ने वर्ष ३४ को बुद्ध लोप्चन।
२. ऐ.ऐ.बस्ने वर्ष २५ को बुद्ध लोप्चन।
३. ऐ.ऐ. बस्ने वर्ष ३२ को राजकुमार लोप्चन।

१२ किलो ग्राम अबैध लागू औषध गाँजा सहित ३ जना पक्राउ
मिति २०७८/०७/१६ गते राती अं.२०:०० बजे इलाका प्रहरी कार्यालय जितपुर
बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका
वडा नं.७ स्थित टेढा रोडमा शंकास्पद अवस्थामा निम्न स्थान बस्ने निम्न मानिसहरु
उभिरहेको देखी निजहरूले साथमा बोकेको झोला चेकजाँच गर्दा झोलामा लुकाई
छिपाई राखेको अवस्थामा ४ पोकामा गरी १२ के.जी. अवैध लागू औषध गाँजा फेला
परेको हुँदा निजहरूहरुलाई पक्राउ गरी लागू औषध मुद्दामा बारा जिल्ला अदालतबाट
म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको।

 

पक्राउ मानिस

१.जिल्ला मकवानपुर राक्सिराङ्ग गा.पा.२ बस्ने बर्ष २३ को सुमन रुम्बा।
२. ऐ.ऐ. बस्ने अं. बर्ष २० को बिजय थिंग।
३.ऐ.ऐ. बस्ने अं. बर्ष १९ को अखिल मोक्तान।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *