नुवाकोट कारागारमा पनि भाइटिका पर्व मनाइयो

२०७८ कार्तिक २३, मंगलवार ०१:२२ गते २०७८ कार्तिक २३, मंगलवार ०१:२२ गते २०७८ कार्तिक २३, मंगलवार ०१:२२ गते

नुवाकोट – जिल्ला कारागार ढुंगेका कैदी वन्दीहरुले एक आपसमा खुशीयाली साटासाट गर्दै सामूहिक रुपमा यस वर्षको भाइटिका मनाएका छन् । विदुर नगरपालिका वडा नं. १ ढुंगेमा रहेको जिल्ला कारागारमा वन्दी जीवन व्यथित गरिरहेका वन्दीहरुले एकआपसमा भाइटीका लगाउनुका साथै सामूहिक रुपमा देउसी भैलो खेलेर तिहार मनाएका हुन् ।

विभिन्न मुद्धामा परेर कैद सजाय पाएका तथा मुद्धा फैसला नहुन्जेल सम्मका लागि वन्दी जीवन विताइरहेकाहरुले कारागारभित्रै आपसमा रमाइलो गर्दै तिहार मनाएको कारागार कार्यालयले जनाएको छ । कारागारमा वन्दी जीवन व्यथित गरिरहेकाहरुले नै दाजुभाई र दिदीवहिनी मानेर एकआपसमा भाइटीका लगाएको कारागार प्रशासनले जनाएको छ ।

कारागारमा रहेका कैदीवन्दीहरुलाई कारागारमै पुगेर शनिवार विहान सांढे सात वजे देखि नै आफ्ना दिदीवहिनी तथा दाजुभाइले भाइटीका लगाइदिएको कारागारका जेलर दुर्गाप्रसाद वाग्लेले जानकारी दिए । कतिपय वन्दीहरुले कारागारमै दाजुभाई तथा दिदीवहिनी मानेर सप्तरंगी टिका लगाए भने वन्दीहरुका दिदीवहिनी पनि कारागारमै आएर भाइटिका लगाइदिएको वाग्लेले वताए ।

कारागारमा रहेका १४ महिला र सहित एकसय ५१ जना पुरुष कैदीवन्दीहरुले एकआपसमा खुसी साटासाट गर्दै दिदीवहिनीसंग भाइटीका लगाएर तिहार पर्व मनाएको जेलर वाग्लेले वताए । वन्दीहरुले दिनैभर टिकाटालो गर्दै खुशीयालीका साथ मिठा मिठा परिकारहरु कारागार भित्रै पकाएर बांडीचुडी खांदै तिहार मनाएको जिल्ला कारागार कार्यालय नुवाकोटले जनाएको छ ।

चाडपर्वका बेला वन्दी जीवन विताइरहे पनि कारागार भित्रै तिहार मनाउंन पाउंदा कैदी वन्दी निकै खुशी भएको नुवाकोट कारागार प्रशासनले जनाएको छ । कारागार परिसरमा सुरक्षाकर्मीको घेरा भित्र कैदी वन्दीहरुलाई आफन्तजनसंग टिका लगाउने व्यवस्था मिलाइएका कारण कतिपय कैदीवन्दिका दिदीवहिनाी तथा दाजुभाइले कारागार परिसरमै आएर कैदी वन्दीहरुलाई भाइटिका लगाई दिएका हुन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *