अरिकल इभेण्टसमा आधुनिक सुबिधा सहिदको बुकिङ खुला

२०७८ कार्तिक २३, मंगलवार १७:१७ गते २०७८ कार्तिक २३, मंगलवार १७:१७ गते २०७८ कार्तिक २३, मंगलवार १७:१७ गते

काठमाडौं– काठमाडौको महाराजगंजमा संचालित अरिकल एभेण्टसले कार्तिक २४ गते बुधबार देखी पूर्ण सेवा उपलब्ध गराउने भएको छ । अरिकलले कोभिड १९ का कारण प्रभावित रहदै आएको बिबाह, बर्थडे, गुन्यु चोली, अन्य शुभकार्यमा हुने पार्टी, सेमिनार आदी जस्ता ठुला जमघटजन्य कार्यक्रमहरुको लागि सेवा सुचारु गराएको हो । नेपाल कै पहिलो पाँचतारे अरिकल ब्यान्केट अति नै आकर्षक रहेको छ । यसको भित्री बनावट र सजावट भब्य रहेकाले यो बैंक्वेट सबैको रोजाइमा पर्दै आएको थियो ।

अन्य भेन्यु भन्दा अझ पृथक र भिन्न यस अत्याधुनिक बैंक्वेट भेन्युमा ३ ठुला हल र एक गार्डन बार सहित रुप टप रेस्टुरेन्ट छ । ३ वटा हलहरुमा एक साथ पार्टी गर्दा ५ हजारदेखि ६ हजार सम्म अटाउने क्षमता भएका कारण पनि कुनै पनि सानो ठुलो समारोह गर्न समस्या छैन । तिनैवटा हलहरुमा भिन्न भिन्न समारोहहरु पनि एकै साथ आयोजना गर्न कुनै समस्या छैन । सबैभन्दा महत्वपूर्ण राम्रो पक्ष भनेको अरिकल इभेन्टमा आउने कुनै पनि पाहुनालाई पार्किङको राम्रो ब्यवस्था छ । अन्डरग्राउण्ड र साइड पार्किङले गर्दा कुनै पनि ग्राहकलाई पार्किङको समस्या छैन । माथिल्लो तलामा बनिरहेको रुफ टप रेस्टुरेन्ट पनि त्यति कै राम्रो र उत्कृष्ट छ ।

अति आधुनिक सेटअप रहेको सो रेस्टुरेन्टमा पनि धेरैले काठमाडौ भ्यालीलाई नियालेर आनन्द लिन सक्छन । जसरी हामीले यो स्टक्चर बनाउन मेहनत गरेका छौ । बुढाथोकी ब्यापारिक घरानाको लगानीमा सफल ब्यबसायी होम बुढाथोकीको एकल स्वामित्वमा खोलिएको सो अरिकल इभेन्ट अहिलेको बजारको माग अनुसारको स्तरिय साबित छ । स्तरीय सेवा, मनोरम वातावरण र आकर्षणले गर्दा अहिले सम्म भिजिट गर्ने सम्पूर्ण महानुभाबहरु राम्रो नै भनेका छन् । सबैलाई पायक पर्ने स्थान डिजाइन, इन्टेरियर सेटिङ तथा गुणस्तरीय एवं विविध भेराइटीका खानाका कारण अरिकल इभेन्टस्ले दिने सर्भिस पाँचतारे होटलभन्दा माथिल्लो स्तरको छ ।

नेपालका राम्रा र गनिएका स्तरिय पाँचतारे होटलका सेफ तथा कर्मचारीहरुले आधुनिक तवरले समयको माग अनुरुप सर्भिस दिने विश्वासका साथ खोलिएको यो इभेन्टले सबैको मन लोभ्याएको छ । पार्टी बुकिङका लागि दिनानु दिन बढ्दो र बिभिन्न सेलिब्रेटीहरुको भिजिट बढेको बताउनु हुन्छ संचालक होम बुढाथोकी । एक दर्जन जती म्युजिक भिडियोहरुले सुट गरी सकेको सो इभेन्टमा सबैको साकारात्मक प्रतिकृया आएको छ । लक डाउनको समयमा एक लाख भोका नेपालीलाई भोजन गराएर उपल्लो दर्जाको सामाजिक सेवाको भाबनाका साथ उद्घाटन गरिएको को सो इभेन्ट छोटो समयमा धेरै बिच परीचित हुन पुगेको छ ।

हामीले ब्यवसायका साथ साथै सामाजिक दायित्व पनि बहन गरेर अघि बढेका छौ एक भेटमा संचालक बुढाथोकीले बताउनु भयो । व्यवसाय मात्र गरेर हामीले पैसा कमाउने मुख्य उद्धेश्य होइन हामीले हाम्रो समाजको लागि पनि केही दायित्व बोध हुन जरुरी सम्झेर लक डाउन भर लाखौंको संख्यामा गरीब भोका नाङगालाई आफ्नै खर्चमा स्वयम खटेर जोखिम मोली मोली खाना खुवाउन तम्सियौ पछी सन्क्रमण ब्यापक हुन थाले पछी सरकारको सल्लाह अनुसार बन्द गरेका हौ उहाँले थप्नु भयो । नेपालमा बनेका अधिकांश पार्टी प्यालेस तथा इभेन्ट हलहरु सामान्य रुपमा निर्माण गरिएका छन् तर यो अरिकल इभेन्ट ठुलो धन राशी खर्चेर निकै मेहनतका साथ अत्यन्त भिन्न हिसाबले निर्माण गरिएको देखिन्छ । इभेन्टको इन्ट्रान्सको लभिमा कफी सप र झकी झकाउका साथ डेकोरेसन गरिएको छ ।

निर्माण सामाग्री सहित सम्पूर्ण इन्टेरिएरका सामाग्रीहरु बिदेशबाट भित्र्र्याइएको हुनाले कुनै राजाको आधुनिक दरबार जस्तो देख्न सकिन्छ । कोभिडको महामारीमा पनि यो इभेन्टमा भिजिट गर्न आउनेहरुको कुनै कमि देखिन्न । निर्माण सपन्न हुनासाथ बिश्वभर कोभिडको महामारी शुरु भएकाले केही असर परेता पनि आगामी दिनका लागि दर्जनौ पार्टी बुकिङ भइसकेका छन् । भित्री स्पेस पर्याप्त भएका कारण सामाजिक दुरी कायम गरेर पनि पार्टी समारोह गर्न सकिने देखिन्छ । खानाको ब्यापक आइटम, स्तरिय थिम, व्यस्त शहर भित्र पर्याप्त पार्किङका कारण अरिकल इभेन्ट देश कै एक उत्कृष्ट इभेन्टका रुपमा प्रस्तुत भएको सहज अनुमान लगाउन सकिन्छ ।

बाल बच्चाका लागि खेल्ने ठाउँसमेत पर्याप्त रहेको अरिकल इभेन्ट्स्मा बर्थडे पार्टी,सेमिनार,कर्पोरेट मिटिङ आदि पनि आयोजना गर्न उपयुक्त स्थान छ । यो इभेन्टको अर्को बिशेषता भनेकोको ग्राहकको बजेट अनुसारको थरिथरीका सेट मेनु भएका कारण जो केहिले आफ्नो बजेट अनुसार सस्तोमा या महँगोमा छानेर गर्न सकिने छ । विवाहका लागि चाहिने पुरोहितदेखि जग्या सजावट, फुलको सजावट, कार्पेट, गाडी, बग्गी, बाजा, फोटोग्राफी, भिडियोग्राफी, गाडी डेकोरेसनलगायत सम्पूर्ण प्याकेज इभेन्ट्स्मा उपलब्ध भएका कारण पार्टी होस्ट गर्नेका लागि कुनै झन्जट छैन । यो इभेन्टसको अर्को र महत्वपूर्ण पक्ष भनेको लाइटिङ हो जुन हामीले देशभर कुनै तारे होटल या पार्टी प्यालेसमा पाउदैनौ । दर्जन भन्दा ज्यादा बडेमानको झुमरमा लाइटिङ गर्दा बेलुकीपख एक अचम्मको दुनियाँमा प्रबेश गरेको जो कोहीलाई भान हुन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *