काठमाडौं । दक्षिण कोरियामा सबैभन्दा बढी लोकप्रिय मदिराजन्य पेय पदार्थ ‘सोजु’ अव नेपालमा नै उत्पादन हुने भएको छ । श्री न्यु एभरेष्ट डिष्टीलरी उद्योग प्रालि, वि.जे. इन्भेष्टमेण्ट नेपाल र पी प्लस दक्षिण कोरियाको सहकार्यमा नेपालमा नै सोजु उत्पादन तथा विक्रि बितरण हुने भएको छ । बाँके जिल्लाको कोहलपुरमा रहेको श्री न्यु एभरेष्ट डिष्टीलरीमा कोरियन मापदण्डको मदिरा सोजु उत्पादन गरी नेपालभर बिक्री वितरण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेपाली अग्रज उद्योगी रविन्द्रमान श्रेष्ठ, सफल ब्यवसायी एवं गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका पूर्व अध्यक्ष विनोद कुँवर र दक्षिण कोरियाका वरिष्ठ केमिष्ट लिम क्योङ्गटेकको संयुक्त पहलमा नेपालमा सोजु उत्पादन र बिक्री वितरण गर्ने योजना सफल भएको हो । ‘दक्षिण कोरियाको सबैभन्दा लोकप्रिय मदिराजन्य पेय पदार्थ सोजु त्यहाँका राष्ट्रपतिदेखि सामान्य कामदार सबै तह र तप्काका कोरियनहरुले सेवन गर्ने गर्दछन ’ दक्षिण कोरियामा विभिन्न व्यवसाय गर्दै आएका एनआरएनका पूर्ब अध्यक्ष कुँवरले भने–‘ सोजुको लोकप्रियता नेपालमा पनि क्रमिक रुपमा बढ्दै गएकाले यही उत्पादन गरेर सस्तो मुल्यमा उपलब्ध गराउने हाम्रो पहल हो ।’ अहिले पनि नेपालमा दक्षिण कोरियाबाट सोजु आयात गरी बिक्री वितरण हुँदै आएको छ कुँवरले भने ।

उनले सोजुको लोकप्रियता विश्वब्यापी नै बढ्दो भएको र हाल सोजु नेपालमा पनि आयात गरी बिक्री वितरण भैइरहेको अवस्थामा हामीले सोजु नेपालमा उत्पादन गरी वजारीकरण गर्दा आयात न्युनीकरण हुने, देशको पैसा देशमै रहने, मुल्य सर्वसाधारण उपभोक्ताको पहुँच भित्र हुने र गुणस्तर पनि अन्तर्राष्ट्रिय स्तरको हुने बताए । हामीले उत्पादन गर्ने सोजुको पूर्व तयारी पूर्णरुपमै द.कोरियामा गरिएको हो । नेपाली उपभोक्ताको चाहना अनुरुप हामीले उपभोक्ताहरुमाझ आवश्यक स्वाद र अन्य परिक्षणहरु पनि गरिसकेका छौं । नेपाली उपभोक्तामाझ गरिएको सर्वेक्षणमा हामीले उत्पादन गर्ने सोजुको स्याम्पल नतिजा उत्कृष्ट भएको जानकारी गराउन पाउँदा हर्षित भएको कुँवरले बताए । सोजु छिट्टै नेपाली बजारमा आउने प्रतिज्ञा सम्झौतापछिको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । दक्षिण कोरियाबाट नेपालमा लगानी भित्र्याउन र स्वदेशमा नै रोजगार सृजना गर्नका लागि निरन्तर सक्रिय कुँवरले कोरियाको ठूलो कम्पनी लोट्टे ग्रुपलाई स्वदेशमा ल्याउनका लागि पनि पहिले नै सम्झौता गरिसकेका छन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *