नेकपा एमालेको महाधिवेसन मङ्सिर ११(१२ गते चितवनमा हुदैछ । प्रस्तुत छ एमाले महाधिवेसन वरिपरी रहेर अनेरास्ववियुका केन्द्रीय सदस्य तथा बौद्धिक नेता किरण बिक संग गरिएको कुराकानी ।
१।दशौ महाधिवेसन नजिक आउदै गर्दा तपाइँको के छ तयारी ?
म बल्ल अखिलको केन्द्रीय सदस्य भएको मान्छेको के तयारी भन्नु र रु उही आफु नजिक भएको नेता संग परामर्श गर्दै , तिहार पछी अधिवेसन केन्द्रित सरगर्मी सुरु होला , अझै तातीसकेको छैन । अधिवेसनमा भोलीयन्टर बनिन्छ होला ।
२।कस्तो टिम आउला भन्ने अनुमान छ अधिवेसन पछी ?
नेताहरु यिनै यिनै हुन । स्वभावैले यिनै नेता अपग्रेड हुने व्यवस्थित हुने हुन । मोटामोटी आउने टिम क्लियर छ । मलाइ लाग्छ पार्टी पदाधिकारी ठुलै बन्छ । सकेसम्म चुनाव नगर्ने नीति भएको कारणले सबैलाई एडजस्ट गर्न ठुलो पदाधिकारी बन्ला ।
३।तर विधानले त संख्या निश्चित गरेको छ नि ?
विधान महाधिवेसन भन्दा पनि महाधिवेसन ठुलो हुन्छ । त्यहाँ बाट चेन्ज गर्न पाइन्छ । विधान भन्या आखिर सहमति त हो ।
४।एमाले बाहुन क्षेत्रीको मात्रै पार्टी भनिन्छ नि ?
पैला पैला तेस्तो भन्थे । तर ९ औं महाधिवेसनको टिम अलि अलि समाबेसी देखिन खोजेको थियो ।
५।तर दलित त थिएनन नि ?
हो दलित चाहि थिएनन । मधेसी पनि थिएनन । अबको हाम्रो माग नै पदाधिकारीमा दलित अनिवार्य भन्ने हो ।
६।तेस्तो सम्भव होला त ?
पार्टीले , नेतृत्वले गम्भीर भएर सोच्यो भने सम्भव छ बेवास्ता गर्यो भने सम्भव छैन । कांग्रेस माओबादीले तेस तर्फ सोची सके । प्रगतिशील भनिने एमालेले त्यति पनि गरेन भने दलित समुदायलाइ एमालेमा आकर्षण गर्न सकिन्न । ६०(६२ वर्षे कम्युनिष्ट आन्दोलनको लिगेसी भएको एमालेले पदाधिकारीमा एउटा दलित दिन सकेन भने लाज हुन्छ होला नि ।
७। पदाधिकारीमा को जाने देख्नु हुन्छ दलित उत्पीडित समुदाय बाट ?
विधानले दिने जो कोहि जान सक्नु हुन्छ । तेसको अनुमान अहिले छैन । हामीलाइ दलित समुदाय बाट प्रतिनिधि चाहिएको मात्रै हो । व्यक्ति विशेष भन्ने छैन ।
८।अलि प्रष्ट भन्नुस न ?
हो यो अलि प्रस्टै पारौं क्यारे ९ हास्दै ० टेक्निकल कुरा पनि भएकोले प्रष्ट भन्छु । नेताको हाइट , अघिल्लो जिम्मेवारी , संगठन इत्यादी हेर्दा आदरणीय कमरेड छबिलाल बिश्वकर्मा नै हो । तत्काल पदाधिकारीमा जान सक्ने । उहाँ ९ औं महाधिवेसन मै उपाध्यक्ष लड्ने कुरा थियो । तेतिबेला जसरि पनि ओली कमरेडलाइ जिताउन पर्ने भएकोले टिम मिलाउनलाइ छोड्नु भएको हो । अब त न छोड्ने हट्ने कुरै छैन ।
९।तर उपाध्यक्षको आकांक्षीमा त पहिले नै भिड देखिन्छ नि ?
हो देखिन्छ । त्यो कसरि व्यवस्थापन होला थाहा छैन तर समयको माग र दबाबले कमरेड छबिलाल बिश्वकर्मालाइ पदाधिकारी बनाइएन भने दलित समुदाय बाट चर्को विरोध हुने पक्का हो । उहाँले पहिले नै ओली कमरेडका लागि धेरै नै त्याग गरि सक्नु भाछ । अब यहाँ छबिलाल कमरेडको मात्र रहरको कुरा भएन ।
१०।तर ओलीले त मन्त्रि बनाएनन नि छबिलाल बिकलाइ ?
अस्ति मैले राजधानी दैनिकको एक पत्रकार संग कुरा गर्दै थिए । उनले छबी बुढालाइ बहुत अन्याय भयो १२(१५ वर्ष भयो भने । अहो यो त बाहिर समेत मान्छेले यसो भन्न थालिसकेछन । अहिलेको ओली वरिपरीको सहयात्री हेर्नु भयो भने राम्ररी मुल्यांकन गर्नुस छबिलाल बिश्वकर्मा नै ओलीको सबै भन्दा पुरानो सहकर्मी हो । सुरु देखि अनवरत रुपमा छबिलाल बिश्वकर्माको सपोर्ट छ ओलीलाई । छबिलाल कमरेडलाइ मन्त्रिपरिषदमा लगेको भए अहिलेको सिचुएसन नै अर्कै हुन्थ्यो । छबिलाल कमरेड प्रवास , सम्पर्क र मुक्ति समाज गरि तिन मोर्चा हेन्डल , कमाण्ड गरेको नेता हो । ओलीलाइ यत्तिको सांगठनिक नेता चाहिदैन र रु
Views: 0