युवा पुस्ताको प्रतिनिधित्व गर्न महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी दिनेछु:नवराज भट्टराई

२०७८ कार्तिक २३, मंगलवार २२:०७ गते २०७८ कार्तिक २३, मंगलवार २२:०७ गते २०७८ कार्तिक २३, मंगलवार २२:०७ गते

काठमाडौं। बूढानिलकण्ठ नगरपालिका वडा नं १० का वडाध्यक्ष एबम नगर प्रवक्ता नवराज भट्टराईले अब युवा पुस्ताले पार्टीको नेतृत्व लिने बेला आएको बताएका छन्।अहिलेको नेतृत्व र परिश्थितिबाट मात्र पार्टी र देश सफलताको दिशामा अघि बढ्न कठिन हुने भन्दै उनले केन्द्र देखि तल सम्म नै नयाँ राजनीतिक तरंग आउनु पर्ने बताएका छन्।

क्षमता,संघर्ष र मेहनतको आधारमा नभई चाकरी,चाप्लुसी र हनुमानगिरिको आधारमा नेतृत्व छानिने अहिलेको परिश्थिति बदल्नुपर्ने र त्यसको निम्ति आबश्यक परे यूवाहरुले बिद्रोह गर्न तयार रहनुपर्ने उनको तर्क छ। भर्खरै सम्पन्न नगर अधिवेशनमा अध्यक्षको दावी गरे पनि नेतृत्वमा पुग्न असफल बनेका उनि हालको राजनीतिक प्रक्रिया संग समेत असन्तुष्ट छन्।सधै चाप्लुसी गरेर मात्र होईन स्वाभिमानी यूवा बनेर नेतृत्वमा आउन खोजे पनि आफुलाई रोकिएको भन्दै उनले एमालेको आगामी महाधिवेशनमा प्रतिनिधिमा लड्ने घोषणा गरेका छन् ।

कार्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनौटमा उम्मेदवारी दिने घोषणा गर्दै उनले आफ्नो उमेद्वारी स्वभामानी एमाले कार्यकर्ता र संघर्षशिल यूवाहरुको प्रतिनिधि उमेद्वारी भएको समेत दावी गरेका छन्। आफू अन्तिम समय सम्म पनि लडिरहने बताउंदै पहिले नगर अधिवेशन जस्तै सजिलै पछि नहट्ने र आबश्यक परे निर्वाचन प्रक्रियामा सरिक हुने जानकारी दिएका छन्। भट्टराई संगै काठमाण्डौ क्षेत्र नं ४ बाट बागमती प्रदेस कमिटी सदस्य निर्मल कुइकेल ,उद्दव खरेल, संगम गहतराज जिल्ला कमिटी सदस्य तथा कार्यालय सचिव विदुर विक्रम खड्का ,काठमाण्डौ महानगर अध्यक्ष निर्मल देउला, जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ४ का संयोजक तेज ढकाल,सह संयोजक लक्ष्मी संगौला,क्षेत्र नं ४ का पुर्व सदस्यहरु धुर्व भट्टराई र पुन्यराज पुडासैनी, वडा नं ८ का अध्यक्ष सुमन तामाङ्ग ( जनजाती कोटा भएमा ) पनि महाधिवेशन प्रतिनिधिको दावेदार देखिएका छन। त्यस्तै महिला महाधिवेसन प्रतिनीधि तर्फ अन्जु शर्मा, शुशिला सिलवाल र निर्मला खड्का पुडासैनी सम्भावित उम्मेदवारका रुपमा देखिएका छन।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed