काँग्रेसको छानविन समितिले फर्म नभरेकालाई क्रियाशिल सदस्यता दिएपछि रसुवामा विवाद

२०७८ कार्तिक २४, बुधबार १६:३५ गते २०७८ कार्तिक २४, बुधबार १६:३५ गते २०७८ कार्तिक २४, बुधबार १६:३५ गते

रसुवा, २४ कात्तिक । हिमाली जिल्ला रसुवामा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता फर्म नभरेकालाई क्रियाशिल सदस्यता प्रदान गरेपछि विवाद बढेको छ । पार्टीको १४ औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशिल सदस्यतामा फर्म नभरेका १०० भन्दा बढी व्यक्तिलाई छानविन समितिले सिधै क्रियाशिल सदस्यता दिएपछि विवाद चुलिएको हो । वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशिल सदस्यहरुको नामावली काटेर फर्म नै नभरेकालाई सदस्यता प्रदान गरेपछि रसुवाका काँग्रेसी युवाहरु छानविन समितिप्रति आक्रोसित भएका हुन् ।

नेपाली काँग्रेस नौकुण्ड गाउँपालिका–१ रसुवाका वडा सभापति आशिष तामाङले अराजक, अधिनायकवाद, अलोकतान्त्रिक र स्वच्छेचारी ढङ्गले वितरण गरिएको क्रियाशिल सदस्यताले पार्टीप्रति सच्चा, इमान्दार र आस्थावान कार्यकर्ताको मनोवल गिराउने कार्य गरेको बताउनुभयो । “वडा समितिबाट सिफारिस गरिएको सच्चा कार्यकर्ताहरुको क्रियाशिल कटौती गर्ने र विधान विपरित गैरकाँग्रेसलाई पनि जबरजस्ती सदस्यता वितरण गर्ने कार्यको घोर भत्र्सना गर्दै क्रियाशिल सदस्यता छानविन निष्पक्ष ढंगले गर्न आग्रह गर्दछु,”–उहाँले भन्नुभयो ।

यस्तै, क्रियाशिल छानविन समितिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेलाई काँग्रेसको क्रियाशिल सदस्यता प्रदान गरेको छ । पार्टीको १४ औँ महाधिवेशनका लागि वितरण गरिएको क्रियाशिल सदस्यतामा एमालेको वडा कमिटिमा रहेकालाई क्रियाशिल सदस्यता वितरण गरिएको काँग्रेस रसुवाले जनाएको छ । तिहार अगाडि ७५ जिल्लाको क्रियाशिल सदस्यता विवाद टुङ्गीदा रसुवा र रौतहटको क्रियाशिल सदस्यता टुङ्गीन बाँकी रहेकोमा रसुवाको आईतबार मात्र टुङ्ग्याइएको थियो । क्रियाशिल सदस्यता विवाद समाधान समितिले पार्टीभित्रका इमान्दार नेता तथा कार्यकर्ताको मनोवल गिराउने कार्य गरेको भन्दै रसुवा काँग्रेसले आपत्ती जनाएको छ । वडा कार्यसमितिबाट सिफारिस गरिएको कार्यकर्ताहरुको क्रियाशिल कटौती गर्ने र विधान विपरित गैरकाँग्रेसलाई जवरजस्ती सदस्यता वितरण गरिएको भन्दै क्रियाशिल सदस्यता छानविन समितिको आलोचना समेत गरिएको छ । छानविन समितिले नेकपा एमालेको वडा कमिटीमा रहेकालाई समेत क्रियाशिल दिएर काँग्रेसकै बेइज्जत गरेको कार्यकर्ताको आरोप छ । क्रियाशिल सदस्यता छानविन निष्पक्ष तरिकाले नगरिए सम्म १४ औँ महाधिवेशनमा भाग नलिने रसुवाका नेता कार्यकर्ता बताउँछन् । रसुवामा काँग्रेसको क्रियाशील सदस्यको सङ्ख्या तीन हजार ८५७ पुगेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed