समाजसेवी किरण नेपालीले आसन्न १४ औँ महाधिवेशनमा नुवाकोटबाट केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिने घोषणा

२०७८ कार्तिक २४, बुधबार २०:१२ गते २०७८ कार्तिक २४, बुधबार २०:१२ गते २०७८ कार्तिक २४, बुधबार २०:१२ गते

नेपाली कांग्रेसका सकृय युवा तथा समाजसेवी किरण नेपालीले आसन्न १४ औँ महाधिवेशनमा नुवाकोटबाट केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन। महाधिवेशन नजिकिदै जाँदा सबै तहका नेतृत्वमा आकांक्षा राख्ने नेताहरुले आ–आफ्नो दावी प्रस्तुत गर्ने क्रममा नुवाकोटबाट नेपालीले उम्मेदवारी घोषणा गरेका हुन्। नुवाकोटबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा ५० जना निर्वाचित हुनेछ।

विद्यार्थी जीवन देखि नेपाल विद्यार्थी संघमा आवद्ध भइ काङ्ग्रेसको क्रियासिल सदस्य रहेर पार्टीको विभिन्न जिम्मेवारी सक्रिय भुमिका निभाउदै पार्टीको विभिन्न भातृ संगठन आवद्ध हुँदै नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट किस्पाग गाउपालीका वडा नम्बर २ बाट सर्वसम्मत रुपमा क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भइ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

नेपाल दलित विद्यार्थी संघका केन्द्रीय सचिव रहेका नेपाली। राजनीतिका साथ सामाजिक अभियान सक्रिय रहेका उनी केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुने बिश्वास लिएको बताए । राम्रो काम गर्ने जो कोहिलाई समर्थन गर्दै गलतलाई गलत भन्दै सदैब बिरोध गर्ने बताउदै अनियमितता तथा बेथिति बिरुद्ध कडा रुपमा उत्रन आफू राजनीतिमा सक्रिय भएको ।

बिपि कोइराला ,गणेशमान सिंह , गिरिजा प्र कोईराला, कृष्ण प्रसाद भट्टराई लगायत नेताहरुलाई आफ्नो आदर्श मान्ने नेपालीले नुवाकोटका अग्रज नेता तथा युवाहरुको आफू प्रती ठूलो सद्भाव रहेको भन्दै सबैले साथ दिने बिश्वास गरेका छन।उहाले छरिएर रहेका युवालाई एकतावद्ध गरेर तीनै तहको निर्वाचनमा पार्टीलाई तयारी राख्ने बताए । नेपालीले उम्मेद्वारी घोषणा गर्दा सम्पूर्ण वडा सभापतिहरु, वडा कार्य समिति पदाधिकारी सदस्यहरु तथा क्षेत्रिय प्रतिनिधिहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आफुलाई अमुल्य मत दिई विजयी बनाइदिनुहुन हार्दिक अनुरोध गरेका छन।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed