शान्ति सुरक्षा सम्बन्धी नागरिक प्रहरी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७८ कार्तिक २७, शनिबार १७:३८ गते २०७८ कार्तिक २७, शनिबार १७:३८ गते २०७८ कार्तिक २७, शनिबार १७:३८ गते

कात्तिक २७,काठमाण्डौ । काठमाडौ महानगर पालिका वडा ४ टुँडालदेवी मन्दिर परिसरमा अन्तरक्रिया कार्यक्रम भएको छ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवीको आयोजनामा शान्ति सुरक्षा सम्बन्धी नागरिक प्रहरी अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ। कामपा ४ टुँडालदेवी मन्दिर परिसरमा महानगरीय प्रहरी दिवस २०७८को उपलक्ष्यमा शान्ति सुरक्षा,स्थानिय समस्या सम्बन्धि नागरिक प्रहरी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। सामुदायिक सेवा केन्द्र टुँडालदेवीका सभापति राम प्रसाद न्याैपानेको सभाध्यक्ष र प्रहरी नायब महानिरीक्षक (डीआईजी)उत्तमराज सुवेदीको प्रमूख आतिथ्यका साथै सामुदायिक सेवा केन्द्रका सचिव मीन प्रसाद पौडयालको संचालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै सामुदायिक सेवा केन्द्रका अध्यक्ष रामप्रसाद न्यौपानेले आन्नद नगर सहकारी धुम्बारीको बिषयमा सत्य तथ्य पत्ता लगाई दोषीलाई कार्यवाही र पिडितलाई न्याय दिलाउनका लागि प्रमुख अतिथि लाई आग्रह गर्नु भयो ।

समुदाय प्रहरी साझेदारीले स्थापनाकालको छोटो समय मै समाजमा हुने हरेक गतिविधि, अपराध नियन्त्रण, ट्राफिक तालिम,लगायतका कार्यहरुमा टुँडालदेवी सामुदायिक प्रहरी साझेदारीले सकृय भूमिका खेल्दै आएको तथा भावी दिनहरुमा पनि अझ सशक्त रुपमा अगाडी बढ्ने प्रतिवद्धता जाहेर गरे।

कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरिक्षक उत्तमराज सुवेदीले समुदाय प्रहरी साझेदारी कार्यक्रमले सुरक्षामा चासो राख्ने आम नागरिकहरूलाई एकै थलोमा उभ्याउन सफल भएको भन्दै सार्वजनिक कार्यक्रममा उठेका जिज्ञासाहरूले दिगो सुरक्षा रणनीति तय गर्न सहज हुने भएकाले नागरिकसँग प्रहरी,प्रहरीसँग नागरिक भयो भने मात्र सुरक्षा सुदृढिकरण गर्न सकिने बताउनुभयो ।
सहकारीको बिषयमा सभापति न्याैपाने गर्नु भएको अनुरोधलाई पनि निष्पक्ष छानबिन गरी अनुसन्धान गरिरहेको र कुनैपनि हालतमा दोषीलाई कानुनी दायरामा ल्याइने बताउनुभयो ।

सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र पदाधिकारी,पूर्व सुरक्षा प्रमुखहरू सरोकारवाला निकायहरु,नागरिक समाज,राजनीतिक दलका प्रतिनिधिहरु संचारकर्मी लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको सामुदायिक प्रहरी सेवा केन्द्र को इन्चार्ज कल्पना थापाले जानकारी दिनु भयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *