ड्रिम हाइ नेपाल प्रा. लि. को आयोजना पौष २३ मा मिडिया अवार्ड २०७८’हुदै

२०७८ मंसिर २, बिहीबार १०:१८ गते २०७८ मंसिर २, बिहीबार १०:१८ गते २०७८ मंसिर २, बिहीबार १०:१८ गते

काठमाडौं । नेपालमा पहिलो पटक ‘नेपाल मिडिया अवार्ड–२०७८’ हुने भएको छ । ड्रिम हाई नेपालले पुस २३ गते मिडिया क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिडिया अवार्ड’ आयोजना गर्न लागेको हो । ‘सेलिब्रेटिङ विथ चेञ्ज मेकर्स’ थिममा आयोजना हुन लागेको उक्त अवार्ड कार्यक्रम पत्रकार महासंघको सहकार्य एवम् ड्रिम हाई नेपालले आयोजना गरेको हो।

नेपालमा सञ्चलानमा रहेका रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट तथा अनलाइन मिडियाका विविध विधालाई समेटेर अवार्ड प्रदान गरिनेछ । आज काठमाडौंको सोल्टी क्राउन प्लाजामा पत्रकार समेलनको आयोजना गरि आयोजक टिमले ‘मिडिया अवार्ड’को बिधा सार्वजनिक एवम् मिति घोषणा गरेको छ। आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार ऋषि धमला,चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटोैला,नायक रमेश उप्रेती,निर्देशक दिवाकर भट्टराई लगाएत अतिथि एवम् विभिन्न संचार संघ संस्थाका अध्यक्षहरु उपस्तिथि रहेको थियो।

राजधानी केन्द्रित नभएर सातै प्रदेश र महासङ्घ अन्तर्गतका एसोसिएट र प्रतिष्ठान प्रदेश अन्तर्गतका पत्रकारलाई समेत अवार्डमा सहभागी गराउनुको साथै मनोनयनमा परेका कार्यक्रम प्रस्तोता तथा समाचारलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल्यांकन गरी विजेताको घोषणा गरिने आयोजक संस्थाका अध्यक्ष कमल जिसिले जानकारी दिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *