कोयस्ट इन्ट्रा कलेज कुकिङ्ग कम्पिटिसन सम्पन्न

२०७८ मंसिर ३, शुक्रबार २०:१७ गते २०७८ मंसिर ३, शुक्रबार २०:१७ गते २०७८ मंसिर ३, शुक्रबार २०:१७ गते

३ मंसिर २०७८,ललितपुरको बाल कुमारीमा अबस्थित कोयस्ट इन्टरनेसनल कलेजले कोयट इन्ट्रा कलेज कुकिङ्ग कम्पिटिसन सम्पन्न गरेको छ। ब्यचुलर अफ होटल म्यानेजमेन्ट (बिएचएम)फ्याकल्टिका छात्र तथा छात्रा गरि चौवालिस जनाले भाग लिएका थिए। निकै ब्यबस्थित रुपमा आयोजना गरिएको सो कुकिङ्ग कम्पिटिसनमा अत्यन्त उत्साहका साथ फस्ट,सेकेन्ड र थर्ड सेमिस्टरका बिद्यार्थीहरुले भाग लिएका थिए र प्रोफेसनल सेफ झै भिन्न भिन्न परिकार बनाएर देखाएका थिए ।

प्रत्येक प्रतियोगीलाइ भिन्न भिन्न स्टल सहित सम्पुर्ण किचनका युटेन्सिल उपलब्द्द गराइएका कारण स्तरिय रुपमा परिकार तयार गर्न सहज भएको प्रस्ट थियो। जर्जको रुपमा प्रफेसनल सेफहरु बोलाइएको हुदा पनि कुकिङ्ग प्रतियोगिताको रौनक नै छुट्टै थियो। लामो समय पकवान पेशामा खारिएका सेफहरु जर्ज प्यानलमा बसेका कारण प्रतियोगिहरु बिचकुनै बिबाद र सन्कोच थिएन।

जर्ज प्यानलमा दि सोल्टी काठमान्डैका सुसेफ आर बि बुढाथोकी,बिदेशमा धेरै बर्ष काम गरेर अनुभब बटुल्नु भएका इन्टर नेसनल सेफ राम कृष्ण थापा र राम थापा रहनु भएको थियो।
सो कुकिङ्ग कम्पिटिसनमा थर्ड सेमिस्टरका समर बिक्रम शाही, फस्ट सेमिस्टरकी जेनिशा श्रेस्ठ र थर्ड सेमिस्टरको आशुतोस लामिछाने क्रमश फस्ट,सेकेन्ड र थर्ड भएका थिए। फस्ट,सेकेन्ड थर्ड हुनेलाइ प्रमाण पत्र तथा नगत पुरस्कारले सम्मान गरिएको थियो। बाकी सबै प्रतियोगिहरुलाइ पनि प्रमाण पत्र हस्तान्त्रण गरिएको थियो।

कलेजले यस्ता खालका कुकिङ्ग कम्पिटिसन हरेक बर्ष आयोजना गर्ने गरेको कुरा सो कलेजका डाइरेक्टर कोलिन किरण श्रेस्ठले बताउनु भयो। यस्ता क्रियाकलापले छात्र छात्रामा एक किसिमको छुट्टै माहोल क्रेट हुने कुरा उहाले सभालाइ सम्बोधन गर्ने क्रममा बताउनु भयो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *