मंसिर ४ गते, काठमाडौं, सुन्दरबस्ति स्थित रुद्रमती बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं वार्षिक साधारणसभा सम्पन्न भयो । कार्यक्रम संस्थाका अध्यक्ष धर्मदत्त देवकोटाको अध्यक्षतामा भएको थियो भने संस्थाका शेयर सदस्य, ऋण समितिका सदस्य एवं समाजसेवी पुर्षोत्तम कोइरालाले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा अध्यक्ष देवकोटाले संचालक समितिको तर्फबाट प्रतिबेदन , संचालक समितिका सदस्य रामचन्द्र न्यौपानेले आगामी कार्यक्रमको कार्य योजना , उपाध्यक्ष तारा प्रसाद पराजुलीले आर्थिक प्रतिबेदन, लेखा समितीका संयोजक माधब पौडेलले लेखा प्रतिबेदन प्रस्तुत गरे भने प्रतिबेदनहरु माथि टिप्पणी शेयर सदस्य गोपाल खड्काले गर्नु भयो ।
यस वर्ष नयाँ कार्यसमिति चयन गरिने भएकोले अध्यक्ष पदमा तारा प्रसाद पराजुली, उपाध्यक्ष नारायण गुरुङ, सचीव पुर्षोत्तम कोइराला, कोषाध्यक्ष गंगा ढकाल, सदस्यमा एकराज ढकाल, देवी लामिछाने, उमा हमाल, लेखा समिति संयोजकमा माधव पौडेल, सदस्यमा उमा सिवाकोटी र गुणराज अधिकारी सर्वसम्मत रुपमा चयन हुनु भयो । नव निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई एवं शुभकामना दिदैं स्थानीय बुद्धिजीवी देबेन्द्र ढकालले नयाँ कार्य समितीले नयाँ ढंगले मुनाफा कमाउने हिसाबले सहकारी अगाडि बढाउन सुझाव दिनु भयो । सल्लाहकार एवं पूर्व कोषाध्यक्ष ज्ञानुमाया श्रेष्ठले हिजोको सहकारीको अवस्था र आजको सहकारीको अवस्था बारे चर्चा गर्दै सहकारीलाई अझ बलियो बनाउनु पर्ने तर्क राख्नु भयो । शेयर सदस्य एवं कलाकार विष्णु प्रसाद रिजालले स्थानीय तहमा भएको यो सहकारीले सबै स्थानीय तहमा रहेका शेयर सदस्यहरुलाई सक्दो सेवा प्रदान गरि थप आकर्षण दिनु पर्ने सुझाब दिनु भयो ।
संस्थाका सचीव नारायण गुरुङले उपस्थित सबैलाई धन्यवाद दिंदै आगामी दिनमा अझै सबैको साथ र सहयोगको आवश्यक रहेको बताउँदै सहकारीमा ढुक्क भएर लगानी गर्न सबैलाई आग्रह गर्नु भयो । निर्वाचित सबैलाई शुभकामना दिंदै निर्वाचन समितीकी सदस्य एवं अधिवक्ता भद्रमाया दाहालले सहकारीको भविष्य उज्ज्वल रहेको र अझ राम्रो गर्न सकिने कुरा बताउँदै सहकारीको निति नियमको बारे बताउनु भयो । कार्यक्रममा शेयर सदस्य एवं ऋण समितीका सदस्य प्रल्हाद दाहालले समयमा ऋण नउठेकोले शेयर सदस्यलाई सोचेजस्तो मुनाफा बाड्न
नसकेको र सबै शेयर सदस्यहरुले आफ्नो आर्थिक कारोबार सहकारीबाटै गर्ने हो भने आगामी दिनमा सहकारीले राम्रै मुनाफा बाड्न सक्नेछ । अब आगामी दिनमा नयाँ समितिले व्यवसायीक तरिकाले सहकारी संचालन गरि सबै शेयर सदस्यहरुको मन जित्न सफल हुनुपर्ने कुरा बताउनु भयो । अन्त्यमा नव निर्वाचित सबैलाई धन्यवाद दिदैं निवर्तमान अध्यक्ष एवं निर्वाचन समितिका संयोजक धर्मदत्त देवकोटाले आगामी दिनमा सहकारीले अहिलेकोभन्दा राम्रो मुनाफा बाड्न सक्ने गरि काम गर्ने र यसपटकको कोरोना भाइरसका कारण भएको नोक्सानको पुर्ति पनि गर्ने गरि काम गर्नुपर्ने छ। सहकारीले मुनाफा मात्र गर्ने नभएर सेवा पनि दिनु पर्ने हुन्छ । सेवाका साथै मुनाफा गर्न सके मात्र शेयर सदस्यको आकर्षण बढ्ने छ । अब सहकारी यि दुबै कुरामा अगाडि बढ्नु पर्छ अनि मात्र सफलता मिल्ने छ भन्ने कुरा बताउदै कार्यक्रमको अन्त्य गर्नु भयो ।
Views: 0