नबिल बैंक र स्टार रेमिट बीच रेमिट्यान्स सेवा सहकार्य गर्ने सम्बन्धि संझौता सम्पन्न

२०७८ मंसिर ६, सोमबार २१:३४ गते २०७८ मंसिर ६, सोमबार २१:३४ गते २०७८ मंसिर ६, सोमबार २१:३४ गते

काठमाडौँ । नबिल बैंक र स्टार रेमीट विच रेमीट्यान्स सेवा सहकार्य गर्ने सम्बन्धि संझौता भएको छ ।नबिल बैंक र स्टार रेमिट बीच दक्षिण कोरीयाबाट नेपालमा रेमीट्यान्स भित्रयाउने सम्बन्धमा संझौता भएको हो । काठमाडौँको हात्तीसार स्थित नेपाल हाउसमा उक्त सम्झौता भएको थियो । विशेष समारोहको आयोजना माझ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टार रेमीटका अध्यक्ष रुद्र शर्माले सो संझौतामा हस्ताक्षर गरेका थिए ।

संझौता कार्यक्रममा नबिल बैंकका डेपुटी सिइओ सुजित शाक्य, ऐक्यबद्धता प्रकाशनका अध्यक्ष निलकण्ठ तिवारी, रिटर्नी माइग्रेन्टका उत्तम अधिकारी, नेपाल पत्रकार संघ दक्षिण कोरियाका अध्यक्ष रंजन राज कुंवर, पुर्व अध्यक्ष रघु त्रिपाठी ,योंग स्टार कोरियाका यम श्रेष्ठ लगायतले दुई संस्था बीचको संझौताबाट देशले व्यवसायिक लाभ लिने बताएका छन् ।

स्टार रेमिटका अध्यक्ष रुद्र शर्माको सभापतित्व तथा नबिल बैंकका सिईओ अनिल केशरी शाहको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा खेम कार्की संचालकको भूमिकामा थिए । कार्यक्रममा नबिल बैंकका उच्च अधिकारीहरु एवं इशारा रेमिटसका अधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा हस्ताक्षरकर्ताहरु अनिल केशरी शाह र रुद्र शर्माले व्यवसायिक प्रतिबद्धता व्यक्त गरेका थिए ।

नबिल बैंक, निजी क्षेत्रको लगानीमा संचालनमा आएको स्थापित एवम् प्रतिष्ठित बैंक हो भने स्टार रेमीट कोरियाबाट पच्चिस देशमा कारोबार गर्ने स्थापित रेमीट हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *